शैक्षिक सामाग्री वितरण

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाको लालुमा रहेको जनप्रभात माविमा अध्ययनरत विद्यार्थीहरुलाई कर्णाली जेसिज कालीकोटले शैक्षिक सामाग्री वितरण गरेको छ । जनप्रभात माविमा अध्ययनरत विपन्न जेहेन्दार गरिव द्धन्द्धपीडित दलित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जनप्रभात माविका प्रधानाध्यापक निर्मल कुमार बिष्टको अध्यक्षता कर्णाली जेसिज कालिकोट बर्ष २०२० का अध्यक्ष सविन कुमार बिष्टको प्रमुख आतिथ्यता र कर्णाली जेसिज कालिकोटका कार्यकारिणी उपाध्यक्ष तुलराज पाण्डे, महासचिव हरिश बोगटीको बिशेष आतिथ्यता शैक्षिक सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री वितरण गदै कार्यक्रमका प्रमुख अथिति कर्णाली जेसिज वर्ष २०२० का अध्यक्ष सविन कुमार विष्टले बालबालिकाको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने भएकाले आफुहरुले शैक्षिक सामाग्री वितरण गरेको बताए । उनले कतिपय बालबालिका कापी कलम नपाएरै विद्यालय बाहिर रहुनपर्ने बाध्यता नहोस भनेर आफुहरुले शैक्षिक सामाग्री वितरण गरिएको बताए । शैक्षिक विकासमा विद्यालय र शिक्षक मात्र नभई स्थानीय अभिभावकको अहंम भूमिका हुने भन्दै विकास निर्माणमा पनि सामुहिक हातेमालोको आवश्यकता हरेको औल्याए । खाँली शिक्षा आर्जनका लागि इच्छाशक्ति भए सहयोग गर्ने व्यक्ति र संघ संस्थाहरुको कमी नहुने बताए ।