१३ बैशाख २०८१, बिहीबार

रूपैडियामा अलपत्र ५७ जनाको उद्दार


सुर्खेत । कर्णाली प्रदेश सरकारले नेपाल–भारतको सीमाक्षेत्र रुपैडियाबाट ५७ जनाको उद्दार गरेको छ । ‘लकडाउन’का कारणले रुपैडीयामा अलपत्र परेका कर्णालीका ५७ जनाको उद्दार गरेको हो ।
मंंगलबार उद्दार गरिएकालाई सुर्खेतको वीरेन्द्रनगरमा रहेको होटेल अशोकामा राखिएको छ । उद्दार गरिएकामध्ये तीन जना बालबालिका रहेका छन् । कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइनमा आएका गुनासाका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा उद्दार गरिएको जनाएकाे छ।
रुपौडियाबाट उद्दार गरिएकाको स्वास्थ्य जाँच गरिएको र ज्वरोलगायतका कुनै पनि लक्षण नदेखिएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘उद्दार गरिएका नागरिकलाई सुर्खेतमा राख्ने वा घर पठाउने भन्ने बिषयमा छलफल हुदैँछ ।’ उनले भने । त्यस्तै कन्चनपुरकाेे गड्डाचौकीबाट ४३ जनाको उद्दार गरेको छ । उनीहरु बुधबार दिउसो सुर्खेत पुग्ने र क्वारेन्टाइनमा राख्ने मन्त्री रावलले जानकारी दिए। भारत लगायत विदेशवाट अाउने नागरिक अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले वीरेन्द्रनगरमा एक हजार बेडकाेे क्वारेन्टाइन वार्ड निर्माण गरेकाे छ।