कर्णाली विपद कोषमा कुमारी बैंकको १० लाख जम्मा

सुर्खेत । कुमारी बैंक कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा १० लाख रकम जम्मा गरेको छ । कुमारी बैंक कर्णाली प्रदेश कार्यालयका प्रबन्धक हिमाल मुडभरीले बुधबार कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशमा १० लाखका दरले कोषमा जम्मा गर्ने निर्णय बमोजिम चेक हस्तान्तरण गरिएको बताए । ‘विपत्तीको बेला सबैले सहयोग गर्नु पर्छ भनेर बैंकले सबै प्रदेशमा १० लाख दिने निर्णय गरेको हो’ प्रबन्धक मुडभरीले भने । बैकले उपलब्ध गराएको चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले सबैको सहयोगबाट कोरोना प्रकोप मात्र होइन अन्य प्राकृतिक विपत्तीहरुको सामाधान गर्न सकिने बताए ।
बैंकले बुधबार कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक बिकास मन्त्री दल रावलसहितको उपस्थितीमा चेक हस्तान्तरण गरेका हुन् ।