साझा घरलाई खाद्यान्न र प्रहरीलाई खाजा


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ निबासी ईन्जिनियर दीपक ढकालले साझा घर नेपालका बालबालिकाहरुलाई लागि खाद्य सामाग्री र प्रहरीलाई खाजापानी हस्तान्तरण गरेका छन् । ईन्जिनियर ढकालले विहीबार साझा घरका सञ्चालक तपेन्द्र बिकलाई खाद्य सामाग्री र लाटीकोइलीको प्रहरी चौकीमा गई खाजा र पानी सामाग्री हस्तान्तरण गरेका हुन् । दश दिनदेखिको लकडाउनले विपन्न र असहायहरुका लागि दैनिक उपभोग्य सामानहरुको अभाव हुन थालेपछि आफुले सहयोग गरेको इन्जिनियर ढकालले बताए ।
कोरोना संक्रमणको त्रासले विश्वसमुदाय नै आक्रान्त भएको बेला साझा घरमा रहेका बालबालिकाहरुलाई खाद्यान्न अभाव हुन नदिन खाद्यान्न दिएको उनले बताए । ‘साझा घरका अनाथ र असहाय बालबालिकाहरुलाई खाद्यान्न अभाव हुन नदिन सानो सहयोग गरेको छु’ उनले भने, ‘संकटको बेला सबैको सहयोगले विपन्नलाई राहत मिल्न सक्छ ।’
ढकालले दिएको खाद्य सामाग्री ग्रहण गर्दै साझा घर नेपालका सञ्चालक तपेन्द्र वि.कले साझा घर नेपालमा आश्रितहरुलाई सहयोग पुग्ने उनले बताए । खाद्य सामाग्री हस्तान्तरण गर्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले विपत्तीमा एकले अर्कोलाई सहयोग गर्ने नेपाली संस्कृतीले ठुला विपत्ती टार्न सजिलो भएको बताए । ‘विपत्तीको बेला सबैको सहकार्य जरुरी छ’ उनले भने, ‘हामी सबै एकजुट भएर लाग्न सके मात्र सबै अफ्ठ्यारा पार लगाउन सकिन्छ ।’ साझा घरमा रहेका बालबालिकाहरुको भविष्य निर्माणका लागि वडा कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

error: Content is protected !!