लकडाउनको उल्लंघन गरी काम गराउर्दै अध्यक्ष

 

कालीकोटः कोरोना सङ्क्रमण (कोभिड १९) ले नेपाल पुरै लकडाउनमा रहेका वेला कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका भने पहिलाको जस्तै तरिकाले खुला काम गरिरहेको छ । संघिय सरकारसंगै सबै प्रदेश र स्थानीय सरकारले लकडाउनलाई कडाई गरेपनि सान्नीत्रिवेणी गाउँपालिकासंग जोडिएको पन्चदेव माध्यमिक विद्यालयको भवन निमार्ण भने दुर्त गतीमा भईरहेको छ ।
गाउँपालिका अध्यक्ष डम्वरवहादुर शाही (डिवि) का काका पर्ने खगेन्द्र वहादुर शाही विद्यालय भवन निमार्ण उपभोक्ता समितिको अध्यक्ष हुन । गाउँपालिका अध्यक्ष शाहीले अन्य ठाउँमा कुनै पनि काम नगर्न र खुला वाहिर आउजाउ नगर्न निर्देशन दिएपनि आफ्नो काकालाई भने समयमा विद्यालयको भवन निमार्ण गरी सक्न र अरु योजना निमार्णका लागि वाटो खुला गर्न निर्देशन दिएको स्थानीयले वताएका छन ।
मजदुरी काम गरिरहेका एक मजदुरले नाम भन्न चाहेनन् । हामीलाई निरन्तर काम गर भन्नु भएको छ । हामीलाई पनि पैसा चाहिएको छ । ठिक छ भनेर काम गरिरहेको सुनाए । भोली अर्थात २२ गते भवनको ल्यान्टर हाल्ने तयारी गरिरहेका छौँ । कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय वाट प्राप्त रकमवाट विद्यालयको भवन वनिरहेको छ । समयमा प्रदेशका योजना र गाउँपालिकाले दिएको योजना निमार्ण सम्पन्न गरेमा पछि काम दिन पनि सजिलो हुने भएकाले समयमा काम सक्न गाउँपालिका अध्यक्षले हामीलाई पनि भनेको ति मजदुरले जानकारी दिए ।


मजदुरी गरेर मात्र बिहान वेलुका छाक टार्नेहरुलाई जिल्ला प्रशासनले काम गर्न नदिएर भोक भोकै वस्न वाध्य भएका वेला गाउँपालिका अध्यक्षको आडमा काम भइरहेको प्रति स्थानीयले प्रशासनमा समेत गुनासो गरे । तर जिल्ला प्रशासनले समेत कुरा नसुनेको स्थानीय अमर वुढाले वताए । उनले पटक पटक काम रोक्न अध्यक्षलाई भनेपनि अध्यक्षले कुनै पनि प्रतिक्रिया नदिएको वताए । हामीले प्रशासनलाई पनि जानकारी गरायौँ गाउँमा भारतवाट आएका धेरै नागरिक घरमै वसेका छन । अध्यक्षले कुनै पहल गर्नुहुदैन उनले भने । वुढा नेकपा वडा सचिव समेत हुन् । तर गाउँपालिका अध्यक्ष डम्वरवहादुर शाहीले सर्तकता अपनाएर काम गरिरहेको बताए । उनले भने, काम गर्ने मजदुरले सर्तकता अपनाएर काम गरिरहेका छन् त्यसैले केही फरक पर्दैन । यता प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले सर्तकता अपनाएर काम गर्न निर्देशन भएकाले भवन निमार्णमा काम गरिरहेको बताए ।