८ बैशाख २०८१, शनिबार

विष्ट मेडिकलले बाड्यो सेनेट्राईजर


 

कालीकोट: जिल्लामा लामो समयदेखि सेवा दिदै आइरहेको विष्ट मेडिकल हलले कालीकोट जिल्लाका सुरक्षाकर्मी र संचारकर्मीलाई मास्क, ग्लोप्स, सेनेट्राईजर वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कालीकोटमा गएर उनले सेनेट्राईजर, मास्क, ग्लोप्स प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयालाई समेत हस्तान्तरण गरेका हुन । विष्ट मेडिकल हलका संचालक तुलाराम विष्टले कालीकोटमा सुरक्षा निकाएले कोरोनाको महामारीमा जनताको सेवा लागि रहेका बेला आफुले सानो सहयोग मात्र गरेको बताए । सेनेट्राईजर बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले आफुले अहिलेसम्म सेनेट्राईजर नपाएकाले सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो ।
विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड (१९)लाई रोकथाम गर्नका तुलाराम विष्टले आफ्नै लगानीमा सुरक्षाकर्मी र संचारकर्मीलाई मास्क, ग्लोप्स, सेनेट्राईजर वितरण गरेका हुन् । उनले अहिले कोरोना भाईरसबाट विश्वनै आतंकित भइरहेका बेला कालीकोटमा रहेका सुरक्षाकर्मी र संचारकर्मीले नागरिकलाई सुरक्षाका साथसाथै सूचना सम्प्रेषण गरिरहेको बेला पनि उनीहरुसंग सेनेट्राईज समेत नभएकाले आफुले वितरण गरेको बताए ।
उनले कालीकोट ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, ताडि प्रहरी विट र कालीकोटमा संचालित ५ ओटै एफएममा गएर सामाग्री वितरण गरेका हुन् ।