८ बैशाख २०८१, शनिबार

नरहरिनाथका दलित समुदायलाई फिल्टर वितरण


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाले ५८ वटा फिल्टर वितरण गरेको छ । नरहरिनाथ गाउँपालिका वडा नं ३ को आर्थिक सहयोग समाज सुधार दलित संजालको समन्वयमा फिल्टर वितरण गरिएको हो ।
नरहरिनाथ गाउँपालिका वडा नं ३ मा रहेका करिव ५८ वटा घरधुरीलाई स्वच्छ पानी पिउनका लागि वडाले फिल्टर वितरण गरेको वडाध्यक्ष टक्क विष्टले बताए । दूषित पानी पिउँदा रोग लाग्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ फिल्टर वितरण गरिएको अध्यक्ष विष्टले बताए । पानी छान्ने फिल्टर पाएपछि अव सवैले पानी छानेर प्रयोग गर्नेछन् । समाज सुधार दलित संजालका अध्यक्ष तुल सुनारले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) बाट बच्नका लागि स्वच्छ पानी पिउन भन्ने उद्देश्यले विभिन्न वडामा रहेका दलित समुदायहरुलाई फिल्टर वितरण गर्ने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । कोरोना भाइरस रोकथामका लागि योगदान पु¥याउने उद्देश्य पूरा गर्न सुरक्षित र शुद्ध खानेपानीका लागि फिल्टर वितरण गरिएको हो । दलित समुदाय अन्य समुदाय भन्दा पछाडि परेको र सुरक्षित खानेपानीको उपलब्धता यस समुदायको लागि टाढाको विषय भएकाले पनि पानीजन्य रोगले ग्रस्त हुन नपरोस भनी फिल्टर उपलब्ध गराईएको उपाध्यक्ष बुढाले बताइन् ।


कोरोनाको कहर वडामा प्रवेश गर्न नदिनका लागि दलित समुदायका घरघरमा पुगेर फिल्टर वितरण गरेको वडा नं ३ का वडासदस्य चन्द्र प्रसाद उपाध्याय सिपीले बताए । उनले फिल्टर वितरण संगसंगै घरघरमा पुगेर सरसफाई सन्देश पनि फैलाउने काम वडाले गरिरहेको जानकारी दिए । गाउँपालिकाले ९ वटै वडामा रहेका अति विपन्न, असाय, ज्याला मजदुरी गर्ने, अपाङग, गरिव गरि २ सय ८० जनालाई ३० किलोको चामलको प्याक समेत राहत स्वरुप वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । उनले आजसम्म क्वारेन्टाइनमा खटाइएका स्वास्थ्यकर्मीहरुलाई गाउँपालिकामा बोलाई अहिलेसम्मको कामको बारेमा समिक्षासहित आगामी दिनमा थप प्रभावकारी बनाउन निर्देशन समेत गरिएको जानकारी दिइन् ।
विदेशबाट मात्र होइन नेपालकै अन्य ठुला शहरबाट गाउँमा आएका नागरिकलाई पनि अव क्वारेन्टाईमा राख्ने निर्णय पनि गाउँपालिकाले गरेको छ ।