१६ चैत्र २०८०, शुक्रबार

स्थानीय लाई निःशुल्क मास्क वितरण


कालीकोटः जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. ७ का युवा महेन्द्र सिम्खाडाले स्थानिय नागरिक लाई निशुल्क मास्क वितरण गरेका छन ।
वडा भित्र रहेका १ सय ५० घरधुरीलाई आफ्नो व्यक्तिगत लगानीमा घरघरमा गएर मास्क वितरण गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को जोखिमलाई न्युनिकरण गर्न आफुले निशुल्क आफ्नो वडामा रहेका गरिव, विपन्न घरधुरीलाई मास्क वितरण गरेको सिम्खाडाले बताए ।
उनले स्थानीय नागरीकलाई कोरोना भाईरसबाट जोगाउनका लागि आफुले मास्क वितरण गरेको बताए । उनले भने, ‘अहिले विश्वमा नै कोरोनाको त्रास छ, आफ्ना वडाका नागरिकलाई त्यो त्रासबाट बच्नका लागि जनचेतना सहित मास्क वितरण गरेको छु ।’