८ बैशाख २०८१, शनिबार

तिलागुफाको १ करोड १५ लाख रुपैयाँ कोरोना रोकथाम कोषमा


कालीकोटः विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) संक्रमणको रोकथाम, उच्च सतर्कता, सावधानी तथा विपद् व्यवस्थापन गर्नका लागि तिलागुफा नगरपालिकाले १ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको कोषको स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले कोषको स्थापना गर्ने निर्णय गरेको हो । कोरोना रोकथामको काममा खटिने कर्मचारीको ५ लाख रुपैयाँको विमा गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा विपद् व्यवस्थापन गर्न नेपाल सरकारको परिपत्र बमोजिम रोक्का हुने शीर्षकबाट छैठौं नगर सभाबाट स्वीकृत वार्षिक बजेटबाट रकम रकमान्तर गरी उक्त कोषको निर्माण गर्ने निर्णय भएको नगरप्रमुख रतनबहादुर शाहीले बताए ।

नगरप्रमुख शाहीको संयोजकत्वमा पाँच सदस्यीय कोष परिचालन समिति गठन समितिको अन्य सदस्यमा तिलकप्रसाद न्यौपाने, रन्नपूरा शाही, खड्गराज शाही र लक्ष्मणप्रसाद चौलागाई सदस्यसचिव रहने छन् ।

नगरपालिकाका सम्पूर्ण वडामा हाल संचालित सूचनाको सेवालाई थप प्रभावकारी बनाउने नगरसभाले निर्णय गरेको छ । प्रत्येक वडा कार्यालयमा १ थान रहने गरी जम्मा २० सेट वकीटोकी खरीद गरी कार्यान्वयन गर्ने, तिलागुफाका विभिन्न स्थानमा कोरोनाविरुद्ध क्लोरिन झोल छर्किने तयारी भएको नगरप्रमुख शाहीले जानकारी दिए ।