१४ बैशाख २०८१, शुक्रबार

लकडाउन सवैलाई समान छ युवा नेताः– बम


कालीकोटः   नेपाल कम्यूनिष्ट पाटी नेकपाका युवा नेता वकील बमले लकडाउन सवैलाई समान भएको बताएका छन् ।
उनले अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को महामारीमा सरकारले गरेको लकडाउन सवैलाई समान भएको बताएका हुन् । उनले कालीकोट नेकपाले गरेका निर्णय सवै गलत भएको बताएका हुन्। नेकपा कालीकोटका सचिव नगिन्द्र शाही (नेश्नल) ले लकडाउनको समयमा स्थानीय तहमा गएर गरेका सभा सम्मेलनको विरोध गरेका हुन् ।
उनले नेकपाका सचिव पलाता गाउँपालिकाको गएर गरेका निर्णयको खवर आफुले सुन्न चाहेको बताएका हुन् । उनले भनेका छन् ‘लकडाउनको समयमा नेकपाका पाटी सचिव शाही कालीकोटको पलातामा जानु भएको रहेछ, के के निर्णय भयो जान्न पाए हुने थियो, अहिलेको विषम परिस्थितिमा पलातामा गएर भेला सम्मेलन नगरेको भए राज्यलाई सहयोग पुग्ने थियो होला ?’