जितेकालाई मस्ती, हारेकालाई सास्ती

कालीकोटः मलिन अनुहार लगाउर्दै सानी बालिका अनुस्का मुक्तान नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीको नजिकै आईन । उनले आफ्नी आमाले चामलको बोरा भित्र राख्दै गर्दा नेता शाहीलाई भनिन् । चामल त दिनुभयो, मलाई खानको लागि चाउचाउ पनि दिनु न अंकल ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमण फैलिन नदिनका लागि नेपाललाई लकडाउन गरिएको छ । यसैले कुनै पनि मजदुरले काम गर्न नपाएपछि भोकै रहेकी हेटौंडा जिल्ला घर भई काठमाण्डौमा बस्र्दै आएकी अनिता मुक्तानलाई एक प्याक चामल, दाल, तेल दिर्दै गर्दा सानि नानी अनुस्का मुक्तान छेउमै आएर चाउचाउ मागेकि थिईन् । विभिन्न संचार माध्यममा खाद्यन्नको अभावले मुक्तानको चुलोमा आगो नबलेको खवर पाएपछि काँग्रेस नेता शाही खाद्यन्न लिएर मुक्तानको घरमै पुगि राहत हस्तान्तरण गरेका थिए ।
उनले भने, ‘मैले खाद्यन्न मात्र लिएको थिए, सानि नानि चाउचाउ माग्र्दै आएपछि आफुलाई भावुक बनायो र चाउचाउ र विस्कुट पनि दिए ।’ यस्ता गरिव नागरिकका लागि सरकारले नै राहतको प्याकेज ल्याउन शाहीले आग्रह गरे । नेता शाहीले अन्य जिल्लाका मात्र नभएर काठमाडौं उपत्यकाभित्र बस्ने कर्णाली प्रदेशका विभिन्न जिल्लाका विपन्न परिवारलाई उनीहरुको कोठामै पुगेर खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गर्दै आएका कर्णालीका नागरिकलाई चामल, दाल, तेललगायत खाद्यान्न सामग्री दिएको शाहीले जानकारी दिए । उनले भने, ‘कालीकोटबाट चुनाव जितेर गएकालाई मस्ति छ मलाई जनताको सेवा गर्नमा सास्ती छ ।’ राहतका लागि अधिकाँश नागरिकले फोन गरिरहेका छ । म पछि हटेको छैन आफ्नो जीवननै बाजी राखी नागरिकको सेवामा लाग्ने छु । उनले भने ‘कर्णालीका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका आएर मजदुरी गरी बस्नेहरूलाई सहयोग गरेको हुँ,’ अहिलेसम्म एक हजार सात सय केजी चामल, एक सय ७० केजी दाल र एक सय ५० प्याकेट तेल वितरण गरेका छु अझै पनि जनताको सेवा लागेको छु ।
नेता शाहीले भने ‘आफ्नो जीवन नै राजनीतिमा समपर्ण गरेकाले पनि होला कुनै पनि नागरिकको आखामा आँसु आएको देख्नै सक्दैन ।’ तर दुई दुई पटक प्रतिनिधिसभा निर्वाचनमा पराजीत भएपनि जनताको मायाबाट पराजित भएको छैन त्यसैले होला जनताको सेवा गर्नमा आफ्नो जीवन समर्पण भएको । लकडाउनका बेला दैनिक ज्यालादारी गरी खाने मजदुरहरू खाद्यान्नलगायत सामग्रीको जोहो गर्न नसक्दा अलपत्र छन् ।