७ बैशाख २०८१, शुक्रबार

घरघरमा गएर राहत वितरण गर्दै तरुण सचिवः– शाही


कालीकोटः     नेपाल तरुण दल जिल्ला कार्यसमिति कालीकोटका सचिव दमनराज शाही जिल्लाको खाडाचक्र नगरपालिकामा रहेका गरिव विपन्न परिवारको साहारा बन्दै गएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमण फैलिन नदिनका लागि नेपाललाई लकडाउन गरेको एक महिना पुग्दा पनि खाडाचक्र नगरपालिकाले आफ्ना नगरमा रहेका गरिव, विपन्न, ज्याला मजदुरी गर्ने नागरिकलाई राहत दिन नसकेपनि तरुण सचिव शाहीले मान्ममा रहेका विभिन्न नागरिकलाई राहत वितरण गर्दै आइरहेका छन् ।
तरुण सचिव शाहीले मान्ममा बस्दै आएकी खाडाचक्र नगरपालिका–८ कि सारदा मल्ललाई एक प्याक चामल र २ पोका खाने तेल दिएका हुन् । नेपाल तरुणदल विपत्तिको साहारा भएकाले आफुले तरुण दलको सल्लाहमा राहत दिदै आएको सचिव शाहीले बताए । उनले भने, ‘म पनि आर्थिक रुपमा सम्पन्न छैन् मैले पनि उदारो चामल लिएर परिवार पालिरहेको छु तर जनताको उद्धारका लागि आफुले ऋण गरेर भएपनि सहयोग गर्ने छु ।’ खाडाचक्र नगरपालिकामा रहेका स्थानीय युवा धिरज शाहीको विशेष पहलमा आफुले सहयोग गरेको शाहीले बताए ।
उनले भने, ‘अझै पनि मान्ममा बासोवास गर्ने, खान र बस्न समस्या भएका कोही भए आफुले थप सहयोग गर्नेछु ।’ खाडाचक्र नगरपालिकाले विपतको समयमा नहेरेको सारदा मल्लले बताइन् । उनले भनिन् ‘श्रीमान रोजगारीका लागि रामेछाप हुनुहुन्छ उतै लकडाउनमा पर्नुभएको छ काम गर्न पाइएको छैन कसरी छोराछोरी पाल्ने समस्या भएको थियो आज तरुण दलका सचिवले खाद्यन्न सहयोग गर्दा खुसी लागेको छ ।’ अव मेरो चुलोमा पनि आगो बल्ने भयो ३ छोरी र १ छोराले पेटभरी खान पाउने भए । यो विपदको समयमा नगरपालिकाले आफ्ना नागरिकलाई राहत वितरण गर्नुपर्ने तरुण सचिव शाहीले बताए । उनले अहिले नहेरे नगरपालिकाले कहिले हेर्ने अव नगरप्रमुख ध्यान राहत वितरणमा केन्द्रीत हुनुपर्छ ।