राहत वितरण गरियो

कालीकोट: जिल्लाको खाडाचक्र नगरपालिका– ३ ले १ सय जना नागरिकलाई खाद्यन्न वितरण गरेको छ । आफ्नो वडामा रहेका विपन्न अति विपन्न रहेको नागरिकहरुलाई खाद्यन्न वितरण गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण खाद्यन्नको समस्या भोगिरहेका नागरिकहरुका लागि नगरपालिकाको सहयोगमा वडाध्यक्ष महाविर पाण्डेको पहलमा खाद्ययन्न वितरण गरिएको हो ।
वडाले आफ्ना १ सय जना नागरिकलाई खाद्यन्न वितरण गरेको हो । जसमा अति विपन्न ३० जना विपन्न ७० जना गरि १ सय जनालाई आज वितरण गरेको छ । अति विपन्न नागरिकलाई ३० किला चामल, २ किलो दाल, १ लिटर तेल, र दुई पोका नुन वितरण गरेको छ भने विपन्न नागरिकलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, दुई पोका नुन वितरण गरेको वडाध्यक्ष महाविर पाण्डेले बताए ।
हामीले वडामा राहत वितरण गरेका र्छौ, यो पहिलो चरणको राहत हो यदि लकडाउन अझै लम्बिने भयो भने वडाका नागरिकलाई भोकै बस्न दिदैर्नौ । वडाध्यक्ष पाण्डेले भने, नागरिकको रक्षाका लागि आफु जनप्रतिनिधि भएको हुँ नागरिकका समस्या भनेकै मेरो समस्या भएकाले पनि वडाको विकास र वडाका नागरिकका लागि आफुले सक्दो काम गर्ने छु ।