स्वास्थ्य सामाग्री नपाएको स्वास्थ्यकर्मीको गुनासो

कालीकोटः स्वास्थ्य सेवा कार्यालय कालीकोटमा कार्यरत स्वास्थ्यकर्मीले आफुहरु जोखिम मोलेर काम गर्नु परिरहेको बताएका छन् ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटमा कार्यरत स्वास्थ्यकर्मीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को रोकथामका लागि स्वास्थ्यकर्मीलाई चाहिने पिपिइ, मास्क, सेनेट्राईजर, ग्लोवस अहिलेसम्म पनि नपाएको गुनासो गरेका हुन् । आफुहरुले दिनहुँ जोखिम मोलेर काम गर्नुपरिरहेको नाम नवताउने सर्तमा एक स्वास्थ्यकर्मीले भने, ‘हामीले अहिलेसम्म हामीले केही स्वास्थ्य सामाग्री पनि पाएका छैर्नौ, तर स्वास्थ्यकर्मीका लागि भनेर ल्याइएको पिपीइ पनि स्वास्थ्य सेवा कार्यालय कालीकोटले दिएको छैन ।’
कालीकोट पछिल्लो समय कोरोनाको उच्च जोखिममा रहेको भएपनि यहाँका विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्री अझै पुगेको छैन । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुुर महतले स्वास्थ्यकर्मीका लागि चाहिने आवश्यक सामाग्री जिल्ला स्वास्थ्य कार्यालयमा प्रयाप्त भएको बताए । उनले भने, ‘अहिले स्वास्थ्य सेवा कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीका लागि ९ल्ढछ० मास्क र पिपिइको आवश्यकता नभएकाले नदिएको हो, आवश्यकता अनुसार फिल्डमा खटिने स्वास्थ्यकर्मीलाई दिएका र्छौ ।’
अहिले कालिकोट जिल्लामा कोभिड १९ को संकास्पद केश देखिएको छैन महतले भने, सवैले लाउन आवश्यक पनि छैन, पछि कोभिड प्रकोपको रुपमा फैलियो भने स्वास्थ्यकर्मीलाई दिने हो । हामीसंग स्वास्थ्य सामाग्री प्रयाप्त मात्रामा छ ।