कालीकोटका सामुदायिक रेडियोहरुबाट एसइइ कक्षा संन्चालनमा

कालिकोटः जिल्लामा रेडियोबाट एसइइ ट्युसन कक्षा सुरु गरिएको छ । कोरोना भाइरसको महामारीबाट उत्पन्न परिस्थितिका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिन नपाएका कालीकोटका विद्यार्थीका लागि कालिकोटका सामुदायिक रेडियोहरुबाट पठन पाठन शुरु गरिएको छ ।
रेडियो कक्षा सेभ द चिल्ड्रेन, भिडिसेफ नेपाल कालिकोट, नरहरिनाथ गाउँपालिका, सान्नित्रिवेणी गाउपालिका, रास्कोट नगरपालिका, पचाझरना गाउपालिका, पलाता गाउपालिका, महावै गाउपालिका ,तिलागुफा नगरपालिकाको सहयोगमा जिल्लामा रहेका सामुदायिक रेडियो मालिका एफ.एम, रेडियो नयाँ कर्णाली एफ.एम र रेडियो पलाता आवाजको संयुक्त प्रयासमा रेडियो स्कुल कार्यक्रम सञ्चालन भइरेहको छ ।
लकडाउनका कारण विद्यालय बन्द भएकाले जिल्लामा अवस्थित रेडियोहरुले विभिन्न स्थानीय तह र गैरसरकारी संघ संस्थाको सहयोगमा रेडियो कार्यक्रम रेडियो स्कुल संचालन गरेका हुन् । अवको एक महिना अनिवार्य विषयहरु विहान ११ देखि १२ वजे सम्म गणित, दिउसो १ वजे देखि २ वजे सम्म विज्ञान, २ देखि ३ वजे सम्म अंग्रेजी र ४ वजे देखि ५ वजे सम्म, नेपाली र सामाजिक विषय अध्यापन हुनेछन् । यसपाली कर्णालीका ३६ हजार दुई सय ९९ जना विद्यार्थी एसइईमा सहभागी हुने भएकाले उनीहरुको सहजताका लागि रेडियोहरुले रेडियो स्कुल कार्यक्रम मार्फत पढाउन सुरु गरेका छन् ।