६ बैशाख २०८१, बिहीबार

घरघरमा गएर सावुन बाड्दै अध्यक्ष बम


कालीकोटः   जिल्लाको पलाँता गाउँपालिकाले गाउँपालिकामा रहेका नागरिकलाई घरघरमा गएर सावुन वितरण गर्दै आइरहेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमणबाट बच्नका लागि सरसफाईका सामाग्री गाउँपालिकाले वितरण गर्दै आएको छ । पलाँता गाउँपालिकाको वडा नं १ बाट सरसफाईका लागि सावुन वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम पलाति कान्छाले बताए । उनका अनुसार प्रत्येक घरधुरीमा ६ पिस नुहाउने सावुन र २ पिस लुगाधुने सावुन वितरण सुरु गरिएको छ । पलाँता गाउँपालिकाका नागरिकलाई सरसफाईमा कमी हुन नदिनका लागि गाउँपालिकाले सावुन वितरणलाई तिव्रता दिएको छ ।
कोरोना भाईरसबाट बच्नका लागि जनचेतना सहित सावुन वितरणमा आफुहरु लागि परेको अध्यक्ष बमले बताए । उनले भने ‘आफु नागरिकको सेवामा लागेकाले नागरिकलाई आवश्यक पर्ने कुनै पनि सामाग्रीको कमि हुन दिदैन, म जनताको सेवक र्हौ ।’