काँग्रेस नेता बम र शाहीद्धारा राहत वितरण

काठमाण्र्डौः विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको लकडाउनले गर्दा ज्याला मजदुरी गरेर खाने नागरिकलाई समस्या हुर्दै आएको छ ।
कालीकोटबाट रोजगारीको शिलशिलामा काठमाण्र्डौमा गएका नागरीकलाई लकडाउनले समस्या पैदा गरेको छ । उनीहरुलाई साझ विहानको छाक टार्न पनि धौ र्धौ भइरहेको हो । कालिकोटबाट काठमाडौँमा समस्यामा परेका नागरिकलाई नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सभापति हर्षबहादुर बम र नेपाल तरुणदलका महामन्त्री भुपेन्द्रजंग शाहीले खाद्यन्न सहयोग गरेका छन् । कामको शिलशिलामा कालीकोटबाट काठमाण्र्डौमा अलपत्र परेका नागरिकलाई बम र शाहीले आफ्नो व्यक्तिगत लगानीमा खाद्यन्न सहयोग गरेका हुन् ।
नेपाली काँग्रेस कालीकोट जिल्ला पाटी सभापति हर्षबहादुर बमको पहलमा केन्द्रीय राजधानीको दक्षिणकाली नगरपालिका–९ मा बसोबास गर्दै आएका करिव १० परिवारलाई खाद्यन्न सहयोग गरेका हुन् । लकडाउनले यातायात बन्द भएर हिड्न नमिल्ने भएपनि मानवियताको नाताले काठमाडौंदेखि अलि टाढा रहेको दक्षिणकाली नगरपालिकामा गएर १० प्याक चामल वितरण गरेको भुपेन्द्रजंग शाहीले बताए ।
यसभन्दा अघि पनि महासचिव शाही, पार्टी सभापति बमलगायतका नेताहरुले राजधानीमा समस्यामा परेका कालिकोट र कर्णालीका नागरिकलाई खाद्य सामग्री सहयोग गरेका थिए । अझै पनि आफु समस्यामा परेका नागरिकको उद्धारमा लाग्ने समेत काँग्रेस नेताले बताएका छन् ।