१६ चैत्र २०८०, शुक्रबार

भुमी व्यवस्थामन्त्रीलाई युवाको आग्रहः– नेपाली भुमी नक्सामा समुट्नुस !


कालीकोटः भारतले नेपाली भु­भाग मिचेको बिषयलाई भुमी व्यवस्था, सहकारी तथा गरिबी निबारणमन्त्री पद्मा अ¥याललाई ध्यानाकर्षण गराउन कालिकोटका युवाहरुले एसएमएस गर्न थालेका छन् । नेपाली भु­भाग लिम्पियाधुरा नेपालको नक्सामा हिजजो नरहेको र आज पनि नरहेको भन्ने मन्त्री अ¥यालको अभिव्यक्ति आएपछि नेपाली भु­नेपालको नक्सामा समेट्न दबाब दिने उद्देश्यले मन्त्री अ¥याललाई युवाहरुले एसएमएस गर्न थालेका हुन् । जिल्लाको खाँडाचक्र नगरपालिका निवासी हिक्मतजंग मल्लले सामाजिक संजालमा सबैलाई भुमी व्यवस्था, सहकारी तथा गरिबी निबारणमन्त्री पद्मा अ¥यालको मोवाईल नम्बर ९८५६०४४२२६ मा एसएमएस गरी सिमा अतिक्रमणका सन्दर्भमा दबाब दिन अपिल गरेका छन् ।

उनले नेपपाली भुमीमाथि भारतिय गिद्धे दृष्टिको जवाफ दिनका साथै आफ्नो मातृभुमीको रक्षाको लागि नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भु­भागहरु प्रष्टसँग देखिने गरी नेपालको नयाँ नक्सा तत्काल प्रकाशित होस भनी माननिय भुमी व्यवस्था, सहकारी तथा गरिबी निबारणमन्त्री पद्मा अ¥याललाई दाबाब स्वरुप एसएमएस गरेका छौँ । लिंगासंनी युथ क्लव कालिकोटका अध्यक्ष समेत रहेका मल्लले एसएमएसमा लेखेका छन्, माननिय मनत्री ज्यू नमस्कार । लिपुलेक, कालापानी र लिम्पियाधुरा सहित नेपाली भु­भागहरु प्रष्ट देखिनेगरी नेपालको नयाँ नक्सा प्रकाशित गर्नुस, नत्र इतिहासले तपाईलाई प्रश्नन गरिरहनेछ । हिक्मत जंग मल्ल कालिकोट । यस्तै स्थानिय युवा अर्जुन शाहीले पनि भुमी व्यवस्था, सहकारी तथा गरिबी निबारणमन्त्री पद्मा अ¥याललाई एसएमएस गरेका छन् । उनले मुलुकको बागडोर समाििलरहेका मन्त्रीको अभिव्यक्ति नै आफ्नो मातृ भुमी बिरुद्ध आएकोले आफुहरुले दबाब दिन एसएमएस गरेको बताए । उनले भने, हामीले परराष्टमन्त्री प्रदिप ज्ञावालीललाई पनि यस अघि एसएमएस गरेर ध्यानाकर्षण गराएका छौँ ।

भुमी व्यवस्थथा मनत्रीलाई पनि ध्यनाकर्षण गराएको छौँ । सरकारले यस बिषयमा तत्काल निर्णायक पहल गरोेस । भएन भने हामी युवाहरुले कडा आन्दोलन गर्ने छौँ । यस्तै स्थानिय युवा भीमबहादुर शाही, हरी न्यौपाने लगायतका युवाहरुले पनि एसएमएस गरी भुमी व्यवस्था, सहकारी तथा गरिबी निबारणमन्त्रीलाई दबाब दिएका छन् । उनीहरुले आफ्नो मातृ भुमीका बिरुद्धमा अभिव्यक्ति दिन मन्त्री त के कसैलाई पनि छुट नरहेको भन्दै आक्रोस पोखेका छन् ।