७ बैशाख २०८१, शुक्रबार

नेमकिपाले कालीकोटमा गर्यो विरोध


कालीकोटः नेपाली भूभाग मिच्ने भारतीय कदमको विरुद्ध कालीकोटमा पनि प्रदर्शन गरीएको छ । नेपाल मजदुर किसान पार्टी कालीकोटले सदरमुकाम मान्म बजारमा आज प्रदर्शन गरेको हो । भारतले नेपाली भुमी लिपुलेख हुदै चिनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा कालीकोटमा प्रदर्शन गरिएको हो ।
नेपाल मजदुर किसान पाटीले मान्मको प्रतिमा चौकमा विरोध सभा गरेको हो । लकडाउनको न्युनतम मापदण्डहरुको पालना गरी नेपाल मजदुर किसान पाटीले विरोध सभा गरेको हो । विरोध सभामा नेपाल मजदुर किसान पाटीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले सरकार लम्पसारवादमा पतन हुदै गएको आरोप लगाए । नेमकिपाले भारतिय थिचोमिचोको विरुद्ध सडक र सदन जहाँपनि सरकार र जनतालाई सचेत गराउदै आएको भएपनि आफ्नो भुमि अतिक्रमण हुदा सरकार रमिते भएको उनको भनाई छ ।
उनले भने, ‘कोरोना कहरसंग विश्व समुदाय लडिरहेका बेला भारतले गरेको हस्तक्षेप विस्तारवादी नीतिको नाँगो प्रस्तुती गर्यो ।’ कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएर नागरिक आतंकित भइरहेका बेला भारतले नेपालको भुमीमा सडक निमाणर््ा गरेर नेपाली जनतालाई थप आतंकित बनाएकाले अव सवै नेपाली एकढिका हुनुपर्ने शाहीले बताए ।