८ बैशाख २०८१, शनिबार

नेकपाका दुई नेता पाटीबाट निलम्बन


कालीकोटः कालीकोट जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी पत्नी गोरिकला बमलाई फौजि आक्रमण गर्ने नेपाल कम्यूनिष्ट पाटी नेकपा पलाता गाउँपालिकाका अध्यक्ष इन्द्र रोकाया र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारीलाई नेकपाले पाटीबाट निलम्बन गरेको छ ।
सडक निर्माणका विषयमा छलफल गर्दा विवाद गर्ने नेकपाद्धय अध्यक्ष र वडाध्यक्षले गाउँपालिकाका अध्यक्ष र उनकी पत्नीलाइ ढुङ्गा प्रहार गरी घाइते बनाएपछि नेकपा कालीकोटले दुवै जनालाई पाटीबाट निलम्बन गरेको छ । नेकपा कालिकोटले घटनाको छानविन नहुँदासम्म दुई नेतालाई निलम्बन गरेको जनाएको छ । पचाल झरना गाउँपालिका अध्यक्ष खडकराज सेजुवालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । छानविन समितिले प्रतिवेदन नबुझाउदासम्म नेता रोकाया र वडाध्यक्ष भण्डारीलाई पाटीले निलम्बन गरेको हो ।
घाइते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर वम पनि केही समय अघि पाटीबाट निलम्बनमा परेका थिए । यता ढुङ्गा प्रहार गरी घाइते गर्ने समुहले पनि आफुले ढुङ्गा नहानेको दाबी गरेका छन् । उनीहरुले सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरी घटनाको निष्पक्ष छानविन गर्नुपर्ने माग राखेका थिए । पाटीभित्रको आन्तरिक विवाद भएकाले पाटीभित्र समाधान खोज्न आफु तयार रहेको रोकायाले पत्रकार सम्मेलनमा बताएका थिए । उनले पलातामा भएको घटनामा आफ्नो समुह पनि घाइते भएकाले पीडित भनिएका गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले जाहेरी दता गर्न खोजे आफुहरुपनि जाहेरी दर्ता गर्ने नेता रोकायाले बताए । पलाता गाउँपालिकामा अध्यक्ष बमले मनपरी गर्दै आएकाले आफुहरूले खवरदारी गर्न निरन्तर सल्लाह सुझाव दिइरहेको भएपनि अध्यक्ष बमले अटेरी गर्दै आइरहेको रोकायाले बताए ।