सडकको तमासाले देश बच्दैन सिमानामा पर्खाल लगाउन जुटौः– बम

विश्व माहामारिले थिलोथिलो पर्दैछ बिज्ञ, बिशेषज्ञ, जिम्मेवार ब्याक्तित्व र अगुवाहरु समाज कसरी बचाउने भनेर भाईरस नियन्त्रण र निर्मुलको अभियानमा जुटेका छन् भने नागरिक आफ्नो ज्यू ज्यान कसरी बचाउने पिरलोमा छन । आज यस माहामारिबाट जोगिन असल शासन, असल छिमेकी, असल मित्र, असल नेतृत्व र असल आफन्त को खाचो परेको छ । बिश्वमा लाखौले ज्यान गुमाई सकेका छन् भने करोडौंले भाईरससँग लडिरहेका छन् भने अर्थतन्त्रमा ठूलो हानि पुगेको छ । यो बेला मन र धन हुनेहरु एक अर्को प्रति सद्भाव देखाईरहेका छन् ।
आज बिडम्बना भन्नुपर्छ भारतिय बिस्तारवादले नेपालमाथि गिद्धे नजर लगाई रहेको छ । कहिले सुस्ता त कहिले कालापानि, कहिले टिष्टा त कहिले नालापानि जङ्गे पिल्लर चलाएमान राख्न पछि हटेन भने सिमा क्षेत्रका नागरिकलाई कहिले गाँस बाँस र कपासमा सधै कु–दृष्टि राख्दै आएको घटनाले हाम्रो देशलाई चिन्तित त राखेकै थियो तर हुँदाहुँदा यो माहामारिको बेला पनि कोरानाभन्दा खतरनाका भएर नेपालको लिपुलेक प्रबेश हुदैछ । सिस्नोको पातमा रहेको किराले अरुकोही आएको महसुस गर्दा आफ्नो शरीरमा एकसाथ ग्रुपमा कम्पन ल्याउछ त्यहि चाल आज छिमेकीको बिस्तारबादि प्रबृतिले सिमावर्ती क्षेत्रका नागरिक हुँदै नेपालि नेतृत्वसम्म यो देखा परिरहेको छ । यो हालत किन देखा परेको छ नेपालमा बौद्धिकता वा बलको कमीले बौद्धिकताको कमी भनौ भने अंग्रेजको एकछत्र शासनको किनारा लगाउने बीर गोर्खालीको ईतिहास बनेको छ । बलको कमी हो भने बिश्वका आधा भन्दा बढी देशमा निर्माण देखी सुरक्षासम्म नेपाली र्नौ जवानकै प्रयोग भएको छ । पद र पैसाको कमी हो भने राष्ट्र«पति देखि मन्त्री हुँदै गाउँले नेता सम्मको होडबाजिमा कहिल्यै मावल शेलाउदैन भने नेपालको ब्यक्ति बलियो भएर अन्तरास्ट्रिय बैंकसम्म जम्मा गर्न भ्याएका छन् । बिकास निर्माणमा खर्च हुन नसकेर आर्थिक बर्षको अन्तमा फ्रिजको उच्चारण एकसाथ कोहलाहालमै सुन्ने गरेका छौ । आखिर कारण के ? के को लागि कम्जोर ? किन कम्जोर ? कस्का कारण कम्जोर ? यस्को जवाफ खोजिनै पर्छ ढिला गर्नु परे अझै थप बिपत सामाना गर्नु पर्नेमा दुइमत छैन ।
यो बेला सबै बिकल्पको खोजि गर्न कोही चुक्नु हुदैन यहाँ सिमा मिचिएको छ, बिस्तारबादी प्रबृतिसँगको लडाइँ लड्ने बेला आफ्नो सिमानाको चिन्ता गर्ने नागरिकलाई आफ्नै कानुनले जेल हाल्छ मेरो प्यारो मात्रृभुमीका त्यी कालकोठरिमा ती देशभक्ति का टाउका आफ्नै पसिनाबाट सिर्जित लठ्ठीले फुटछन को हेप्दैन यो दया लाग्दो प्रबृति देखेर हाम्रो देशको असल शासनको यहाँको जनताले सिमाना को चिन्ता गरेजस्तो सरकारबाट परिचालित प्रहरी प्रशासन सिमाना मिचिनदेउ फरक पर्दैन भनेजस्तो बिस्तारवाद सबैको साझा दुश्मन हैन र ? कित राज्यले कुटनीति पहल गर्नुपर्यो सक्दैन र हुदैन भने पहल नजिकको पाकिस्तानले कार्गिलका लागि गरेको प्रयासबाट सिकेर अघि बढ्नु पर्यो माहामारी भन्दा खत्रानाक बिस्तारवादलाई हिजो पुर्खाले गरेको बलिदानी बिर्सेर साहास बढाउने काम गरेउ भने त्यो रगत र पसिनाले कहिल्यै छुट दिने वाला छैन । सिमाना बचाउन कति जनसक्तिको आबस्यक पर्छ राज्यले यस्को डाटा तयार गरोस र खुल्ला सूचना गरोस् कोटा भन्दा हजारौ तिहाई बढि हुनेछन् त्यसबाट ग्रेडिङ गरेर कुन बेला कतिले सुरक्षा गर्नुपर्छ भनेर समय मिलाईयोस अनिमात्र सिमानामा रहेका नागरिकले मुक्ति पाउनेछन् मृत्युको लागि कुनै कन्जुस्याई नगर्ने वीर नेपालिको ईतिहासले फेरि एक चोटि रङ्गिने मात्र हैन नबिकरण साथै शिर उच्च बनाउने छ ।
गोलिले र बलले मात्र सामाधानको उपाय निकाल्न नसक्ने हुँदा बिबेकको प्रयोग नै महत्वपूर्ण हुन्छ । त्यसैले सिमानामा सरकारी रणनीति बनाएर जतिसक्दो चाँडो सिमानामा पर्खाल लगाउनु नै यस्को महत्वपूर्ण र दिर्घकालिन सामाधान हो । सिमा बढाउने कल्पनामा ढुबेर गुलामीले ब्यक्तिको आर्थिक अबस्थामा सुधार बाहेक अरु केही हुनेवाला छैन ओरालोमा बग्ने खहरे नदी हो भारत किनाराका हामी भुभाग हौ जति खेर पनि कटान गरेर बगाउन सक्छ यस्का लागि तडबन्धन नै पहिलो बिकल्प र दिर्घकालिन सामाधानको उपाय हुनेछ । यसमा नेतृत्व चुक्यो भने ईतिहासले धिक्कार्ने छ । केन्द्र र प्रदेश सरकारले नीति बनाहोस स्थानिय सरकारलाई कार्यान्वयनको जिम्मा देहोस् । जनशक्तिको अभाब महशुषसम्म गराउने छैनौ हजारौ माईलको पर्खाल एक रातमा तयार हुनेछ । श्रोत र साधन केन्द्रीकृत गरौ लगानिकर्ता आफै जुट्ने छन भने जनश्रमदानले नै प्रर्खाल निर्माण हुनेछ यसमा शंका नमान्न सबैपक्षमा आग्रह गर्दछु किनकी स–प्रमाण छ आज लठ्ठी खाने र लठ्ठी दिने को बल र पसिना मात्र भएपनि सिमानाको पर्खाल ठडिन्छ त्यो भन्दा संख्याको हिसाबले करोडौं नेपाली मिडिया र सडकको पहुँच भन्दा बाहिर छन् ।
अर्को तिर अर्थतन्त्रको हिसाबले एक ट्रिप चाटर गर्न हेलिलाई कमै मा ६ लाख खर्च हुन्छ पर्खाल बनाउदा यहि छ लाखले ६० मिटर पर्खाल तयार हुन्छ । भने सबै आन्तरिक लड्ने र लडाउने खर्च सिमानामा प्रयोग आजको आबश्यकता हो । यो माहामारिको प्रमुख समस्या बनाउदै सरकारको कदम नै नेपाली नागरिकको लागि भबिष्य को भाग्यरेखा बन्नेछ भने यो बिधिको पालना गर्ने सरकार नै भगवान साबित हुनेछ ।

error: Content is protected !!