स्वास्थ्य सेवा कार्यालय सहित ५ वटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कालीकोटः कालीकोट जिल्लामा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय सहित ५ वटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोट सहित ५ वटा स्थानीय तहलाई भिडिसेफ नेपाल कालीकोट र किडार्क नेपालको सहजिकरणमा सेभ द चिल्ड्रेनको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।


स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै भिडिसेफ नेपालका कार्यक्रम कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले अहिले विश्वमा कोरोनाको संक्रमण फैलिएकाले सवैले सतकर्ता उपनाउनुपर्ने बताए । सेभ द चिल्ड्रेनले प्रत्येक स्थानीय तह सहित स्वास्थ्य सेवा कार्यालयलाई पिपिइ सेट, एप्रोन, ग्लोव्स, एन नाइटी फाइप मास्क, थर्मोगन, स्पेर कन्टेनर, सफा गर्ने औषधि लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।


सेभ द चिल्ड्रेनको सहयोगमा स्वास्थ्य सेवा कार्यालय, खाडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, शुभकालीका गाउँपालिका, नरहरिनाथ गाउँपालिकालाई करिव १० लाख ३० हजार ६ सय १९ को लागतमा स्वास्थ्य सामाग्री हस्तान्तण गरिएको छ ।