४५ जनालाई खाद्यन्न वितरण

कालीकोटः जिल्लाको पचालझरना गाउँपालिका–९ मा रहेका ४५ जना नागरिकलाई खाद्यन्न वितरण गरिएको छ ।
नेपाली काग्रेंसको भातृ संगठन नेपाल तरुण दल कालिकोटका सह सचिव एंव यूवा नेता समाजसेवी देवेन्द्र शाहिले पचालझरना गाउँपालिका–९ का ४५ जना अतिविपन्न, एकल महिला र असायहरुलाई राहत वितरण गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले वडामा काम गरेर खाने नागरिकलाई समस्या भएपछि स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा पराजीत भएका शाहीले आफ्ना वडाका नागरिकलाई खाद्यन्न वितरण गरेको बताए । उनले भने, ‘लकडाउन अर्थात लामो समयको बन्दाबन्दिका कारण विहान वेलुका खान नपुग्ने समस्यामा परेका नागरिकलाई चामल सरसफाईका लागि सावुन वितरण गरेको छु ।’
अतिविपन्न र समस्यामा परेका नागरिकहरु लाई राहत दिदै युवा नेता शाहीले, आफुसंग बढी पैसा भएर वितरण गरेको होइन्, मानवीय धर्म निर्वाह गरेको हुँ । खानका लागि समस्यामा परेका अथवा, खान नपुग्ने समुदायहरुलाई सानो भएपनि सहयोग गरेको हँु । उनले भने, ‘अझैपनि लकडाउन कायमै रहिरहे काम नगरि खान नपुग्ने समुदायहरुलाई आफनो साथ र सहयोग निरन्तर रहने छ ।’
उहाँले आफ्नो ब्यक्तिगत लगानिमा करीव ३० हजार वरावरको खाद्यन्न वितरण गरेको बताए । अहिले रोग भन्दा पनि भोकले नागरिक वढि त्रसित भएको बताउदै भोकले कोहि पनि त्रसित नहुन भनेर आफुले यो सहयोग गरेको शाहीको भनाई छ ।
शाहीले वितरण गरेको राहत बुझ्दै मिठु दर्जिले संकटको वेला घरको चुलोमा आगो वालेर भोकोे पेट भरिने आशा पलाएको बताईन् । उनले भनिन्, ‘हामी गरिव जनताको चुलामा आगो बाल्नका लागि हाम्रा (रौतेला) ले हामीलाई चामल दिया अव हामी पनि पेट भरी खान पाउने भर्यौ ।’ उनले भनिन्, ‘भोकपेट भरिने भयो, काम गर्न छाडेको लामो समय भइसक्यो । अव चामल पाइयो, खुसी र्छौ ।’
राहत लिने मिठु दर्जि मात्र होइनन, आँखाको दृष्टि गुमाएका कमल शाहीले पनि नेता शाहीले गरेको रामो्र कामको प्रशंसा गरे । हुनेखानेलाई त विहान वेलुका के खाउ भन्ने चिन्ता नहोला तर, कामगरि खाने, विपन्न, एकल महिला, असाहाय र असक्त्तको चुलोमा आगो बाल्दिने काम देवेन्द्रले गरे हामी खुसी र्छौ । यसै गरि समाजसेवामा लाग्न नागरिकले आग्रह समेत गरेका थिए ।