८ बैशाख २०८१, शनिबार

बमको पहलमा शाहको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण


कालीकोटः स्वास्थ्य सेवा कार्यालय कालीकोटलाई करिव ३ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता मोतिराज बमको पहलमा संविधान सभा सदस्य माननीय राजीवविक्रम शाहको सहयोगमा स्वास्थ्य सेवा कार्यालय कालीकोटलाई स्वास्थ्य सामाग्री आज हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि शाहले स्वास्थ्य सेवा कार्यालयलाई ३ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री दिएका हुन् ।
शाहले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाली काँग्रेसका नेता मोतिराज बमले स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. भिष्मप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेता बमले आफु कालीकोटको नागरिक भएकाले विभिन्न निकायसंगको पहँलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए । उनले भने, स्वास्थ्य सेवा कार्यालयलाई थप व्यवस्थापन गर्नका लागि ५ वटा बेड, प्यासेन्ट काडिट मोनिटर र अक्सिजन कन्टेटेटर दिइएको हो ।’
स्वास्थ्य सेवा कार्यालयका लागि यो सामाग्री प्रयाप्त नभएपनि आफुले आफ्नो जिल्लामा यो महामारी फैलिन नदिनका लागि सहयोग गरेको बमले बताए । पूर्व साँसद राजीवविक्रम शाहले कालीकोटका नागरिकको स्वास्थ्यमा निकै चासो देखाएकाले केही सहयोग गरेको बमको भनाई छ । जाजरकोटमा जन्मिएर कालीकोटका नागरिकको स्वास्थ्यको बारेमा चासो राखेकाले नागरिकले शाहलाई धन्यबाद समेत दिएका छन् ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. भिष्मप्रसाद पोखरेलले कालीकोटमा कोरोनाको उपचारका लागि निमार्ण हुने ५० शैयाको अस्पतालको पूर्व सन्ध्यामा स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामाग्री दिएकोमा धन्यवाद दिनुभयो । उहाँले नयाँ बन्ने अस्पतालाई टेवा पुग्ने समेत बताए । उनले भने, ‘यस्ता सहयोग हातहरु स्वास्थ्य सेवा कार्यालयलाई आवश्यक भएकाले अन्य निकायले पनि सहयोग गर्न आग्रह छ ।’