८ बैशाख २०८१, शनिबार

कालिकोटमा ७ सय ३४ जनाको पिसिआर जाँच, सबैको रिपोर्ट नेगेटिभ


कालीकोटः जिल्लामा हालसम्म जम्मा ७ सय ३४ जनाको कोरोना शंखास्पत मानिसहरुको पिसिआर जाँच गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार शुक्रबारसम्म जिल्लाका ९ वटै स्थानिय तहबाट स्वाब संकलन गरी जम्मा ७ सय ३४ जनाको पिसिआर जाँच गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुुर महतका अनुसार बिदेबाट आएका तथा संखास्पत ठाँउबाट आएका मानिसहरुलाई लक्षित गरी जिल्लाका ९ वटै स्थानिय तहबाट स्वाब संकलन गरी पिसिआर जाँच गरिएको हो । परिक्षण गरिएको सबै मानिसहरुको रिपोर्ट नेगेटिभ आएको छ । उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा १ सय १० जना, रास्कोट नगरपालिकामा ९४ जना, तिलागुफा नगरपालिकामा ७५ जना, पलाँता गाँउपालिकामा ३३ जना, पचालझरना गाँउपालिकामा १ सय जना, सान्नीत्रिवेणी गाँउपालिकामा ८६ जना, नरहरीनाथ गाँउपालिकामा ८३ जना, शुभकालिका गाँउपालिकामा ८२ जना र महाँवै गाँउपालिकामा ७१ जनाको स्वाब संकलन गरी पिसिआर जाँच गरिएको छ । जसमध्य ६ सय ५३ जना जिल्लाका ९ वटै स्थानिय तहका ८२ वटा वडाबाट नमुनाका रुपमा स्वाब संकलन गरी परिक्षण गरिएको हो भने ८१ जना बिदेशबाट आएका क्वारेन्टाईनमा राखेका मानिसहरुको पिसिआर जाँच गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतका अनुसार जिल्लामा ५ सय १ जनाको ¥यापिड टेस्ट गरिएको छ । ती सबैको पनि रिपोर्ट नेगेटिभ आएको छ । उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा ६०, रास्कोट नगरपालिकामा ८२, तिलागुफा नगरपालिकामा ३०, पलाँता गाँउपालिकामा १६, पचालझरना गाँउपालिकामा ५१, सान्नीत्रिवेणी गाँउपालिकामा ५१, नरहरीनाथ गाँउपालिकामा ७३, शुभकालिका गाँउपालिकामा ५० र महाँवै गाँउपालिकामा ८८ जनाको ¥यापिड टेस्ट गरिएको छ ।
परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले हालसम्म कालिकोट कोरोना मुक्त जिल्ला रहेको प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनले भने, हामीले बिदेशबाट फर्किएका र संक्रमित पहिचान भएको ठाँउबाट फर्किएका मानिसहरुलाई लक्षित गरी जिल्लाभरबाट नमुना स्वाब संकन गरि परिक्षण गरिसकेका छौ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि जिल्ला कोरोना मुक्ता रहेको हाम्रो दाबी हो । तर पछिल्लो समय जिल्लामा रोजगारीका लागि भारतबाट फर्किन थालेका छन् । उनीहरुबाट कोरोना भित्रिने त्रास छ । शुक्रबारसम्म मात्र ८५ जना भारतबाट फर्किएका छन् । उनीहरु सबैलाई क्वारेन्टाईनमा राखिसकेका छौँ । अझै तीन हजार बराबर मानिसहरु भारतबाट फर्किने अनुमान छ । ती सबैलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने तयारी थालिएको छ ।