अपराधीलाई कार्बाहिको माग गर्दा माउ पाटीले मलाई ज्यूदै जलायोः– लक्ष्मण बम

नेपाली राजनीतिमा नेकपाको बिभाजन, बिखण्डन, एकता र रुपान्तरणको चक्रभ्यु निरन्तर चलिरहेकै छ । आज नेपाल कम्युनिष्ट आन्दोलनमा जोडिएको लगभग २० बर्ष पुगेको छ, यो कम्युनिष्ट आन्दोलनको सुरुवातमा २०५७ सालको मंसिरमा बिद्यार्थी आन्दोलनमा श्री सरस्वती मावि थिर्पुको ईकाई अध्यक्षबाट सुरु गरेर जनयुद्धको राप र तापमा सेकिने मात्र मौका मिले पनि निरन्तर संगठनमा रहदै जिल्लाको बिद्यार्थी आन्दोलन दुई कार्यकाल जिम्मेवारी समालेर संगठनको केद्रिय सचिवालय सदस्य सम्मको जिम्मेवारी सम्म पुग्दा थुप्रै कुराहरु अनुभव गर्ने अबसर जुटेको छ । र आज सत्तामा पनि पुगेर अनुभव बटुल्ने अबसर जुटेको बेला अनगिन्ती अबसरको बिचबाट चुनौति सामानागर्दै अनुभबको भिडभाडबाट अघि बढिरहेको छु ।
मलाई लाग्छ राजनिति आफ्नो भन्दा बढि अरुको भबिष्यको लागि गर्ने क्षेत्र हो भन्ने मेरो ठम्याइ छ यसैका बाबजुत दिनरात नभनि जिम्मेवारीबाट अघि बढिरहेकै छु । म सोच्थे कम्युनिस्ट अरु भन्दा फरक हुनु पर्छ, जे बोलिन्छ त्यहि नै गरेर देखाउनु पर्छ, असम्भवको बिचबाट सम्भाबना खोज्नुपर्छ, आफु बलेर अरुलाई सेकाउनुपर्छ, एक अर्कोको दुख सुखको सारथि हुनुपर्छ, परिबर्तन को यात्रामा न थकाई न डाहा नत रिस नै केही गर्नु हुन्न, पदको पछि कहिल्यै दौडिनु हुदैन र सधै बर्गको भलाईका लागि जिउ ज्यानको योगदानि गर्नु पर्छ भन्ने नै थियो र अझै यो बुझाईमा फरक आएको छैन तर बिडम्बना भन्नू पर्छ धमिलिएको यो कम्युनिस्ट आन्दोलनमा शंका पैदा गर्ने ठाउँ बनेको छ । आज लाग्छ नेकपा समुन्द्र बनेको छ यहाँ कोहि त्याग तपस्या र बलिदानिको बिचबाट आएका छन त कोहि हामी जस्तै मध्यम मार्गिबाट यहाँ पुगेको भेटिन्छ भने एक तप्का छुट्टै प्रोफाईका साथ दोभानमा मिसिएको छ र त्रिबेणि बनेर आज विश्व सर्बाहारा बर्गको नेतृत्वको लागि जमर्को गरिरहेको छ । थाहा छ सम्भावना को प्राप्तिका लागि चुनौती सामाना गर्नै पर्ने हुन्छ अक्सर आज कहिले बिपत्ति त कहिले माहाबिप्पतिले कम्पयमान बनाएकै छ परीक्षा माथिको परीक्षा थपिदिएको छ । आज एक एक गरेर मुल्यांकन गर्ने बाटो बनेको छ भने एकातिर अर्को्तिर मानवीय र प्राकृतिक संरचना लधालिङ्ग बनाई दिएको छ । आज विश्व अर्थतन्त्र को कोण सगै भौतिक र सामाजिक ब्यबस्थापन को कोणमा पनि थला पर्ने कुराले च्याप्दै गैरहेको छ ।
यहि चुनौतिलाई कसैले अबसर मानेका छन त कसैले अन्तिम क्षण सम्झेका छन दुईटै थरि आज सकृयनै देखिन्छन र आफ्ना कृयाकलाप आ आफ्नै तरिकाले कार्यनयन मा तल्लिन नै देखिन्छन । चुनौती लाई अबसर ठान्नेले सामाज सेवामा आफ्नो बल बुताले भ्याए सम्म दिन रात नभनि लागेका छन, आफ्नो पराई छुट्याएको छैनन , ब्याक्तिगत जीवन भन्दा सामाजिक जीवन नै सर्बपरि ठानेका छन भने अर्को थरिले आफ्नो ज्यु ज्यान कसरी बजाउने र आफु सुरक्षित रहेर अर्कोलाई लालछना लगाएर बदनाम गराउन तल्लिन नै देखिन्छ यस्तो ले समाज बिखन्डनको ठूलो जिम्मेवारी समालेको देखिन्छ । गुटगत राजनितिले समाजबादको परिकल्पना गरेर साम्यवाद कसरी ल्याउन सकिन्छ आफ्नै पार्टीको बराबर धारणा बनाउन नसक्ने मन्चमा ठडिएर जनताका अगाडि गलो सुक्ने गरि सब्दका कोर्रा नचाउनुको कुनै अर्थ छैन यो मनो बिज्ञानको दुनियामा बोल्न त के देखेपछि कस्तो मान्छे हो के गर्न खोज्दैछ पत्ता लगाउन पछि पर्दैनन् भित्र एक बाहिर अर्को गरेर अहिलेको राजनिति पन्चे शैलिबाट चलाउन खोज्नु असम्भब छ र यसबाट सबै टाढे रहनु पर्छ यदि यसतिर लिप्त भए जति खोला मिसिएपनि समुन्द्र नबन्ने र नदिको आकारले खासै फरक नदेखिने कुरामा दुईमत छैन ।
यसै को असर पलाँतामा देखा परेको छ । सकरात्मक सुझाब र सहयोग भनेको कुनै अङ्समा देखा परेको छैन समाज रुपान्तरण का अभियान्ता नै ब्याक्तिगत स्वार्थमा लिप्त छौ , पद, प्रतिष्ठा , नाम , दाम र काम ब्याक्तिपेच्छेनै फरक फरक भागमा एउटै रुपको खोजि गरिदैछ र माग राखिदैछ । हामिले कानुनि मार्ग भन्दा ब्याक्तिबादि मार्गको तय गर्न खोजिदैछ । न नीति मानिन्छ न विधि पुर्याईन्छ । एउटै पालिका मा दुरिको हिसाबमा फरक नपर्ने ठाउमा भौतिक सम्रचना समान पैसामा आकार फरक फरक बनाईन्छ उदारण छ लाख मा दुईनम्बर वडामा बनेको खानेपानि ट्याङ्की १५ लाखमा १ न वडामा बन्छ र अनुगमन देखि डिजाइन सम्म धम्किले पूरा गरिन्छ । अर्को जनतालाई सुपथ ,सौलियत र सहजताको लागि कार्य्बिधि बनाएर जिम्मेवार ठानिने नेकपाका अध्यक्ष ले नै जिम्मा लिएको सुपथ मूल्य पसल कार्य्बिधिलाई चकटि बनाएर जनताको मुखमा बुझो हालेर ब्याक्तिगत जीवन उपयोग गरिन्छ यो गर्नु हुन्न भनेर नियमन गर्न खोज्दा पावर सेयरिङ गरिन्छ , कानुनि उपचार खोज्दा प्रतिष्ठित सस्था नेकपालेनै मेरो बिरुद्ध नाराबाजि ,रिहाईको माग , मेरो सरिरको नक्कल उतारि जिउदै जलाईन्छ र जिम्मेवार ब्याक्ति धरौटि बसेर अपराधि उम्काईन्छ ।

जस्ले अपराध गर्छ उसैले सामाजिक संजालको दुरुपयोग गरि सामाजिक अस्तित्वको लडाइको घुर्कि लगाउछ यहि समाजमा खुल्ला रुपमा अपराधिले साहान देखाएर भाषण गर्छ उम्काउनेले माला र अभिर लगाईदिन्छ र उम्केकाले मुख छोप्नु पर्ने ठाउमा साहान सम्झिन्छ अनि कसरी रहन्छ यस्को अस्तित्व र महत्त्व अनि कसरी पाउँछन् निर्मला पन्त र नबराज बिक का परिवारले न्याय यहाँ जस्ले सक्यो आफ्नो क्षामताले फिल्डमै हार जितको खोजि गर्नु पर्ने नै बिकल्प सम्झिन्छ । पलाँतामा सत्ता र पार्टीको लडाइँ नै हो त रु उसो भए सत्तामा रहेका हामी कुन पार्टिका हौ रु हाम्रो पार्टीको सदस्यता कुन पार्टीको हो भनेर खोजि कस्ले गरि दिन्छ रु दुइतिहाई बढि पार्टी सदस्य असन्तुष्ट छन के यी सबै सत्ताधारि हुन त रु यस्को प्रतिकृया आउन सुरु भए यस्को जबाफ देहि को हुन्छ रु पलाँताको सत्ता नेकपाको कि अरु कसैको हो रु अन्योलमा रहेको जनताको जबाफको माग छ किनकि त्यहा लक्ष्मण को सरकार चाहिदैन , लक्ष्मण सरकार मुर्दाबाद , लक्ष्मण सरकार बहिस्कार गरौ नेकपाका प्रदेश सल्लाहकार र पार्टीको गाउँ पालिका सचिबको अगुवाईमा भएको नाराबाजि अनि मेरो पुत्ला दहनले के पलाँतिको लडाइँ भनेर कसैले भन्न मात्र सक्छर , नेकपाको सुनियोजित योजनाले आक्रमण गरेको हैनर रु किन रु केका लागिरु भ्रष्टाचार गरेकै छु भने अख्तियार के का लागि रु प्रमाण सहित मुद्दा दायर गरौन किन लोप लोप भए अन्धधन्ध मुद्दा गरेर आज गाउँ पालिकानै अख्तियार लाई यहि टिमले बुझाउन लगाको छैन किन हतारो भष्टचार गरेको भएत म पानिमाथिको ओभानो बनाउने माओलि हैन यो संस्था योस्को आफ्नै गरिमा छ हेन लोकप्रियता र मैले दिने सेवामा किन डाहा म सेवा गर्नका लागि भएको हैनर भोको नरहे पेट भर्यो भोको रहे अनसन बस्यो यस्तो पनि आरोप लगाएर हामी कुसल र सुसासन मैत्रि कम्युनिस्ट बन्न सक्छौ यो संकिणबादि सोचको जबसम्म अन्त्य हुदैन तब सम्म सहुँलो कम्युनिस्ट पार्टि बन्न सक्दैन कि भन्ने संका पैदा भएको छ र सत्यतथ्यको खोजि गर्दै म गलत हुँ भने सिङ्गो पार्टीको योजनामा मार्न खोज्नु न्याय संगत हुन्छत म त्यो पार्टीको सदस्य होनि सच्याउनु रुपान्तरण गर्नु माउ पार्टीको जिम्मेवारी हो र अराजक र अन्तरघाति भए पार्टिले कार्वा्हि र निस्कासन गर्नु पर्छ ।

गद्दार ले कम्युनिस्ट आन्दोलनमा रहिराख्ने छुट छैन किनकि यो रगतले सिन्चिएको आन्दोलन हो । ठूलो बलिदानिले प्रतिष्ठित बनाएको पार्टी हो । म गद्दार र अन्तरघाति हुँ भने कुनै कन्जुस्याइँ नगरोस् पार्टिले म कम्युनिष्ट हुँ भने सहनु पर्छ र सहुला पनि तर अनियमिता रोक्न खोज्दा , अनियमिताको लेखाजोखा गर्दा , हामी नीति र विधि बिपरित नजाउँ भन्दा नानाथरि निउ खोजेर नभएका तथ्यहिन आरोप लगाएर पार्टीको योजना आफ्नै पार्टीको सदस्यको पुत्ला जलाउने नाराबाजि गर्ने र तालाबन्दी गर्ने पर्तिपक्षको अस्वस्थ र अराजनीतिक भुमिका निर्बाहा गर्ने विधि बिधान तह छ भने पनि ठिकैछ यस्को प्रष्ट जबाफ आउनु पर्छ हैन कसैको ब्याक्तिबादि योजना हो भने साईजमा माउ पार्टिले ल्याउनै पर्छ पार्टीको बिधान लाई धोका नदिएर अनि माउ पार्टीको गरिमा र ओझ रहने साथै जोकोहिले कम्युनिस्ट हुनुको अस्तित्व सुईकार्ने छ । यदि न्याय पाउछ र दिलाउन कम्युनिस्ट आन्दोलनको थालनि भएको हो भने धमेलिनै रहने हैन अब सउँलो हुनुपर्छ आजको आबस्यकता हो कार्यकारि भुमिका हातमा हुदा केही गर्न नसक्ने र नदिनेले कहिल्यै रुपान्तरण र असल समाजको परिकल्पना को सपना देख्न ब्यर्थ नै देखिन्छ ।

error: Content is protected !!