७ बैशाख २०८१, शुक्रबार

कालिकोटका युवाले गरे एमसीसीको विरोध


कालिकोटः कालिकोटका युवाहरुले एमसीसीको विरोध गरिरहेका छन् । हिन्दप्रसान्त रणनितिको हिस्सा भएकाले विश्वका अन्य मुलुकमा एमसीसी मार्फत अमेरिकाको दादागिरी प्रष्ट देखिएकोले एमसीसीको विरोध गरिएको हो ।
विद्यार्थी संगठनका नेता हिक्मतजंग मल्लले एमसीसी परियोजनामा नेपाल फस्न हुने बताए । हिन्दप्रसान्त रणनितिको हिस्सा भएकाले तथा विश्वका अन्य मुलुकमा एमसीसी मार्फत अमेरिकाको दादागिरी प्रष्ट देखिएकाले नेपालबाट एमसीसीलाई लखेटिदिनुपर्ने उनले बताए ।
‘अमेरिकाले नेपालमा कुनै स्वार्थ राखी एमसीसी परियोजना ल्याउन खोजेको हो । यसलाई सवै नागरिकले प्रष्ट बुझ्न आवश्यक छ’, उनले भने, ‘विकास निर्माणका लागि नेपाल सरकारका विभिन्न विभाग हुँदा हुँदै आफ्ना छु्ट्टै सैनिकदेखि काम गर्ने, विभाग खडा गर्ने जस्ता स्वार्थले एमसीसी नेपाली जनताको हितमा छैन ।’ एक दिन जनताले बहिस्कार गरेरै छाड्ने बताए ।
भारतबाट आयात हुने तरकारी र फलफुल जाँच गर्न नसक्नुको अर्थ सरकारले जनतालाई सरासर क्यान्सर रोगी बनाइरहेको उनको भनाई छ । राष्टघाती निर्यण र विभिन्न खालका घटनाका विषयमा यहाँका विद्यार्थी नेताहरुले आवाज उठाउँदै आइरहेका छन् ।