१४ बैशाख २०८१, शुक्रबार

मदिरा सेवन गरि वडाध्यक्षले गरे पत्रकार माथि गाली गलौज


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिका–२ का वडाध्यक्ष विर्खसिंह विकले पत्रकारमाथि गालि गलौज सहित हातपातको प्रयास गरेका छन् ।
रेडियो मालिका एफ.एमका प्राविधिक प्रमुख रमेश बोगटीमाथि वडाध्यक्ष विकले गालिगलौज सहित हातपातको प्रयास गरेका हुन् । मदिरा सेवन गरि लठ्ठ परेका वडाध्यक्षले पत्रकार माथि नै हातपातको प्रयास गरेका हुन् ।
खाडाचक्र नगरपालिका वडा नं २ मा रहेको नयाँबजारमा मदिरा सेवन गरिरहेका वडाध्यक्ष विकको नेतृत्वमा पत्रकारमाथि हातपातको प्रयास भएको हो । नरहरिनाथ गाउँपालिकाबाट आफ्नो कार्यक्षेत्रमा फकिर्दै गर्दा पत्रकार बोगटीलाई क्वारेन्टाईनमा बस्न धम्की दिदै वडाध्यक्षको नेतृत्वमा हातपातको प्रयास गरिएको हो ।
पत्रकार बोगटीले आफु बाटोमा हिडिरहेका बेला मदिरा सेवन गरि लठ्ठ परेका वडाध्यक्षले अश्लिल शव्द प्रयोग गदै गाली गलौज गरेको बताए । उनले भने, काँग्रेसको पत्रकार होस्, भन्दै आफुलाई सुन्नै नसक्ने शव्द प्रयोग गरिएको छ । शनिवार बेलुका तिर पत्रकारलाई नियन्त्रणमा लिएर अध्यक्ष विकले मोवाईलको स्किृन फुटाएका छन्, मोवाइनमा भएका सम्पूर्ण रेकडहरु डिलिट गरिदिएका छन्, पर्स समेत हराएको छ ।
यता वडाध्यक्ष विर्खसिंह विकले आफुले मदिरा सेवन गरेको स्विकार गरेका छन् । उनले बेलुका ५ बजेतिर आफुले मदिरा सेवन गरि सामान्य भनाभन भएको बताए । उनले भने, हामी मदिरा सेवन गरिरहेका थिर्यौ, पत्रकार आए पछि हामीले खाएको मदिराको फोटो खिच्नुभयो कि भन्ने सोचेर सामान्य भनाभन भएको स्विकार गरे ।