८ बैशाख २०८१, शनिबार

पलाँताले ल्यायो ४४ करोड ११ लाख ३२ हजार ८ सय बजेट


कालीकोटः जिल्लाको पलाता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ४४ करोड ११ लाख ३२ हजार ८ सय बजेट ल्याएको छ ।
गाउँपालिकाको सातौँ गाउँ सभामा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले ४४ करोड ११ लाख ३२ हजार ८ सयको बजेट सार्वजनिक गरेका हुन् ।
समानिकरण अनुदान ९ करोड ६२ लाख, सर्सत अनुदानमा १३ करोड ८ लाख, राजश्व बाडफाड ७ करोड ५१ लाख ८९ हजार तीन सय ८०, प्रदेश समानिकरण अनुदान १ करोड १७ लाख, सशस्त्र अनुदान ६० लाख बिशेष अनुदानमा १ करोड २० लाख, समपुरक १ करोड ३५ लाख, पर्देश सरकारसङ्गै आन्तरिक राजस्व १ करोड, क्याफ्स कर्णाली ७ करोड ७५ लाख ८७ हजार र बहुक्षेत्रिय पोषण योजनामा १४ लाख, किर्डाक नेपाल पलाता कालिकोट ५६ लाख ३२ हजार २ सय २०, युनिसेफ ११ लाख २४ हजार २ सय रहेको बताए ।
गाउँपालिकाले मुख्य गरी कृषि, पर्यटन, सहरीकरण र बिद्युतको पुर्बाधार, सुन्दर समृद्ध उज्यालो पलाताको आधार भन्ने मुल नाराका साथ कार्यक्रम तय गरिएको छ । सबै जनप्रतिनिधिहरुले जनताको माग र समुदायको भौतिक पुर्वाधार निर्माणमा उचित बजेट ब्यबस्थापन गर्न स्थानिय सरकारलाइ आग्रह समेत गरेका छन । सो उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छाले यो माहामारिले केन्द्रदेखि स्थानिय तहसम्म ठुलो चुनौति निम्तायको बताए ।

साथै यस ऐतिहासिक वर्ग संघर्षको लक्ष्य र उद्देश्य प्राप्तिका लागी गरिवको गास, वास, कपासको व्यवस्था निमुखालाई हक अधिकारको सुनिश्चिता, अपाङ्ग, असायलाई जीवन निर्वाहको ग्यारेन्टी, वेरोजगारको अन्त्य गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था, सामाजिक भेदभावको अन्त्य, रुडीवादी चिन्तनलाई परिवर्तन गरि विकृति र विसंगति मास्दै समाजलाई वैज्ञानिक समाजवादको बाटो तय गर्ने बताइएको छ ।