८ बैशाख २०८१, शनिबार

विवरण एक अनुगमन अनेक


कालीकोटः जिल्ला समन्वय समिति कालीकोटले सान्नित्रिवेणी गाउँपालिकामा रहेका निमार्णाधिन योजनाको अनुगमन गरेको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतका योजनाको अनुगमन गर्न गएको अनुगमन टोलिल केन्द्र सरकार र प्रदेश सरकार मातहतका योजनाको अनुगमन गरि फर्किएको छ । सान्नित्रिवेणी गाउँपालिकामा निर्वाचन क्षेत्र विकास योजनाका अनुगमन गर्न सान्नित्रिवेणी गाउँपालिकाले विवरण पठाएपनि जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको नेतृत्वमा गएको अनुगमन टोलिले गाउँपालिका आसपासका अन्य योजनाको अनुगमन गरेको हो ।


जुन योजनाको अनुगमन गर्नुपर्ने थियो ती योजनाको अनुगमन नगरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ । खासमा निर्वाचन क्षेत्र विकास अन्तरगत चन्द्र ज्योति आधारभुत विद्यालय भवन निमार्ण सान्नित्रिवेणी २, मालिका आधारभुत विद्यालय भवन निमार्ण सान्नित्रिवेणी ४, जनप्रभात आधारभुत विद्यालय भवन निमार्ण सान्नित्रिवेणी ९ र सरस्वती आधारभुत विद्यालय भवन निमार्ण सान्नित्रिवेणी ६ को योजना अनुगमन गर्नुपर्ने भएपनि जिल्ला समन्वय समितिले केन्द्र सरकार र प्रदेश सरकारका योजनाको अनुगमन गरि फर्किएको हो ।
सान्नित्रिवेणी गाउँपालिकाले ४ वटा योजनाको अनुगमन गर्न विवरण पठाएको भएपनि अनुगमन टोलिले अन्य योजनाको अनुगमन गरि झारो टारेको गाउँपालिका स्रोतले जानकारी दिएको हो ।