८ बैशाख २०८१, शनिबार

नेकपा वडाध्यक्षले कुटे स्थानीय नागरिक


कालीकोटः कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–९ का वडाध्यक्ष जोरे तिरुवाले एक स्थानीयलाई हसिया प्रयोग गरि घाइते बनाएका छन् ।
गाउँघरको सामान्य विवादमा वडाध्यक्ष जोरे तिरुवा र उनका छोरा पूर्ण तिरुवाले हसिया प्रयोग गरि त्यहिकै स्थानीय नैने तिरुवालाई घाईते बनाएका हुन् । बारम्बार झै झगडा गर्ने वडाध्यक्षले शुक्रबार दिउसो हसिया प्रयोग गरि घाईते बनाएका घाईतेका भाई प्रेमसिंह तिरुवाले बताए ।
उनले भने, ‘बालबालिका खेलिरहेको बेला सामान्य विवाद भएको थियो, वडाध्यक्ष सहित उनका छोरा र घरपरिवारले हसियाँ प्रयोग गरि घाईते बनाएका हुन् ।’ यता वडाध्यक्ष जोरे तिरुवाले आफुहरुलाई हान्न लाग्दा हसिया लागेको बताए । उनले भने मदिरा सेवन गरि आएको थियो झगडा गर्न हसिया आफै नैने तिरुवाले ल्याएर आएकाले उक्त हसिया फुत्केर टाउकोमा लागेको बताए ।