कालिकोटमा ८२ करोड भन्दा बढी बजेट फ्रिज

कालीकोटः आर्थिक वर्ष २०७६÷०७७ मा कालिकोटमा विकास निर्माणसँग सम्बन्धित कुल बजेटको २० दशमलव ४५ प्रतिशत बजेट फ्रिज भएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा कालिकोटमा विकास निर्माणसँग सम्बन्धित संघिय सरकार र प्रदेश सरकारबाट आएको कुल बजेटको ७ दशमलव ७६ प्रतिशत बजेट फ्रिज भएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा संघ र प्रदेश सरकारबाट प्राप्त कुल कजेटको २० दशमलव ४५ प्रतिशत बजेट फ्रिज भएको हो ।
जिल्लामा कुल ८२ करोड १५ लाख ९० हजार ४ सय ९ रुपैया फ्रिज भएको छ । संघिय सरकारको ५ करोड ४६ लाख ३४ हजार ६ सय २८ र प्रदेश सरकारको ७६ करोड ६९ लाख ५५ हजार ७ सय ८१ रुपैया बजेट फ्रिज भएको छ । प्रतिशतका आधारमा संघिय सरकारको ८ दशमलव ११ प्रतिशत र प्रदेश सरकारको ४२ दशमलव ४५ प्रतिशत बजेट फ्रिज भएको छ । जिल्लामा गएको आर्थिक बर्षमा कुल बजेट संघिय सरकारको ३ अर्ब ७९ करोड २३ लाख ७४ हजार ६ सय २५ रुपैया थियो भने प्रदेश सरकारको २ अर्ब ४४ करोड ६० लाख ९० हजार ७८ रुपैया थियो । कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटका प्रमूख बसन्त श्रेष्ठका अनुसार गत आबमा संघिय सरकारको चालु तर्फ ३ अर्ब ६० करोड ५३ लाख ६७ हजार ५ रुपैया र पुजिगत तर्फ १८ करोड ७० लाख ७६ हजार २० रुपैया थियो । चालु तर्फ २१ करोड ४९ लाख ७८ हजार ५ सय २७ रुपैया फ्रिज भएको छ भने पुजिगत तर्फ ५ करोड ४६ लाख ३४ हजार ६ सय २८ रुपैया फ्रिज भएको छ ।
यस्तै प्रदेश सरकारको गत आबमा चालु तर्फ ७९ करोड ८८ लाख २४ हजार २ सय १८ रुपैया र पुजिगत तर्फ १ अर्ब ६४ करोड ७२ लाख ६५ हजार ८ सय ६० रुपैया थियो । चालु तर्फ २३ करोड ९२ लाख ६९ हजार ४ सय ३२ रुपैया फ्रिज भएको छ भने पुजिगत तर्फ ७६ करोड ६९ लाख ५५ हजार ७ सय ८१ रुपैया फ्रिज भएको छ । गएको आर्थिक बर्षमा जिल्लामा संघिय सरकारको कुल बजेटको ९२ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको छ भने प्रदेश सरकारको ५८ दशमलव ५५ प्रतिशत बजेट खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटका प्रमुख श्रेष्ठका अनुसार संघ र प्रदेश सरकाले समयमै रकम निकासा नगरेकाले ठुलो परिणाममा बिकास बजेट फ्रिज गएको हो । उनका अनुसार कोरोनाको महामारी र सरकारले गरेको लकडाउनमा बिकास निर्माण बन्द हुनु र निकाशा पनि ढिलो हुनुले अघिल्लो आर्थिक बर्षको तुलनामा गएको आर्थिक बर्षमा बढी बजेट फ्रिज भएको छ । यस्तै गत आर्थिक बर्षमा जिल्लामा कुल १८ करोड ७१ लाख ३० हजार ६ सय ७५ रुपैया राजस्व संकलन भएको छ । जसमा संघिय राजस्वमा १८ करोड १३ लाख ६८ हजार १ सय ९१ रुपैया संकलन भएको छ भने प्रदेश तर्फ ५७ लाख ६२ हजार ४ सय ८४ रुपैया राजस्व संकलन भएको छ ।

error: Content is protected !!