६ बैशाख २०८१, बिहीबार

मोबाईल टर्चको भरमा उपचार


कालीकोटः तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ, कुनै स्वास्थ्य संस्थामा टर्च बालेर उपचार गरिन्छ भन्दा । तर अचम्म नमान्नुस् कालीकोट जिल्लामा रहेको जिल्ला अस्पतालमा विद्यूत अभावमा मोवाईलको टर्चकै भरमा विरामीलाई उपचार गर्ने गरिएको छ ।
जिल्ला अस्पताल कालीकोटले अहिले विरामीलाई मोवाईलकै टर्च बालेर उपचार गरिरहनु परेको छ । जिल्ला अस्पताल कालीकोट प्रशासनको लार्पवाहिले अहिले जिल्ला अस्पताल अन्धकार भएको छ । कालीकोटमा केही दिनदेखि विद्युत अवरुद्ध भएपछि जिल्ला अस्पतालले बैकल्पिक उर्जाको व्यवस्थापन गर्न नसक्दा विरामीहरु मर्कामा परेका छन् । कालीकोट जिल्लामा रहेको पोतमारा साना लघु जलविद्युत आयोजनाको नहर भत्किएपछि कालीकोटमा विद्युत आपुर्ति ठप्प भएको थियो । विद्युत नहुँदा जिल्ला अस्पताल कालिकोटमा आउने विरामीले समेत सेवा नपाउने गरेका छन् ।


जिल्ला अस्पतालमा सोलारको व्यवस्थापन हुन नसक्दा विरामी र उनका कुरुवाले आफ्नो मोवाईलको टर्चले विरामीलाई खाना खुवाउने देखि लिएर सवै काम मोवाईलको टर्चबाटै गर्नु परिरहेको छ यति मात्र होइन विरामीको उपचारमा संलग्न चिकित्सकले समेत आफ्नो मोवाईको टर्चले विरामीको सेवा गर्नु पर्ने बाध्यता रहि आएको छ ।
अस्पतालमा भएको सोलार बिग्रेको छ जेनेरेटको व्यवस्थापन गर्न सकेको छैन बत्ति गयो भने त अस्पताल अन्धकार हुने रहेछ । आफ्नो धर्मपत्निको उपचारका लागि जिल्ला अस्पताल आएका नरहरिनाथ गाउँपालिकाका अर्जुन सहकारीले भने, ‘सरकारले दिएको रकम कता खर्च हुन्छ थाहा छैन ।’ जिल्ला अस्पतालमा विद्युत सेवा नहुँदा उपचार प्रभावित भएको चिकित्सकहरुले बताएका छन् । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको चिकित्सकको गुनासो छ ।
रातको समयमा आएका सम्पूर्ण विरामीको मोवाईल टर्च प्रयोग गरि उपचार गर्दा आफुलाई पनि समस्या हुने गरेको चिकित्सकले गुनासो गरे । उनीहरुले भने, ‘अस्पताल प्रशासनले विद्युतको व्यवस्थापन गर्नुपर्ने हो अहिले सम् मगर्न सकेको छैन ।’ ’बत्ती अभावमा उपकरण चलाउन समस्या छ, उपचार गर्न आएका विरामीका आफन्तले ल्याएका टर्च प्रयोग गरी सेवा दिइरहेका छौं ।’


यता जिल्ला अस्पताल कालीकोटका निमित्त कार्यालय प्रमुख डा. भिष्म पोखरेलले आफुहरुले जेनेरेटर बालेर सेवा दिइरहेको दावी गरे । उनले भने, ‘विद्युत आपुर्ति बन्द भएकै दिन जिल्ला अस्पताल कालीकोटको जेनेरेटर विग्रेकाले सानो जेनेरेटरबाट सेवा दिइरहेका र्छौ ।’ डा. पोखरेलका अनुसार, जिल्ला अस्पतालमा सोलारको व्यवस्थापनका लागि पनि पहल गरेको बताए ।