८ बैशाख २०८१, शनिबार

सल्यानमा २० जना फरार प्रतिबादी पक्राउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न अभियोगमा परार रहेका २० जनालाई पक्राउ गरेको छ । अदालतले दोषी ठहर गरेको तर लुकिछिपी बस्दै आएका उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कुटपिट मुद्दामा निम कुमारी घर्ती, सुनिता पुन, सम्झना पाण्डे र धनि घर्तीलाई पक्राउ गरिएको हो । यस्तै लुटपिटको मुद्दामा चन्द्रबहादुर वली र नाताकायम मुद्दाको गणेश वली, सवारी ज्यान मुद्दामा यज्ञबहादुर बोहोरा, मोहन के.सि., घनश्याम घर्ती, मोहन लाल सुनार, खिम बहादुर खत्रीलाई पक्राउ गरिएको छ ।

यस्तै सम्बन्ध बिच्छेद मुद्दामा असारे सुनार, एकलाल पुन, करकाप मुद्दामा चित्र बहादुर राना, टोप बहादुर डाँगी, चेक अनादर मुद्दामा दुर्गा बहादुर गिरी, डिल्ली बहादुर थापा रहेका छन् ।

गाली बेइजती मुद्दामा आशा राना, जारी मुद्दामा जय बहादुर राना र अन्य विविध मुद्दामा प्रेम बहादुर खत्रीलाई घरबाटै पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीको भनाई छ ।