७२ वषिय बृद्ध काँग्रेसमा प्रवेश

कालीकोटः जिल्लाको पचालझरना गाउँपालिका वडा नं ७ का ७२ वषिय बृद्ध दल दमाई काँग्रेसमा प्रवेश गरेका छन् ।
लामो समयदेखि नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा आवद्ध भएका बृद्धि आइतबारदेखि काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली जनताको पाटी भनेको नेपाली काँग्रेस भएकाले आफु काँग्रेसकामा प्रवेश गरेको दमाइले बताए । उनले भने, ‘लामो समयदेखि नेकपाको कार्यकता भए धेरै आश्वासन देखाए तर कसैले पुरा गरेनन् मलाई नेकपा मन परेन ।’ उनीमात्र होइनन् आईतबार पचालझरना गाउँपालिकाका अन्य २ जना अरु पनि काँग्रेसमा प्रवेश गरेका छन् । पचालझरना गाउँपालिका वडा नं ७ का कविता दमाई र नरदिप बुढाले पनि नेकपा पाटी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् । पूर्व एमाले रहेका नरदिप बुढाले अहिले पूर्व माओवादी र एमाले मिलेर नेकपा भएकाले आफुले पाटी परित्याग गरेको बताए ।
उनले भने, ‘मेरो परिवार पीडित हो, अझै एमाले माओवादीसंग मिलेकाले मलाई नेकपा ठिक लागेन र पाटी छोडि आफु काँग्रेसमा आएको हुँ आफु विद्यार्थी भएकाले नेविसंघको राजनीतिमा आफुले सक्ने योगदान गर्ने छु ।’
पाटी परित्याग गरि आएका तिनै जनालाई नेपाली काँग्रेसका सभापति हर्षबहादुर बमले पाटीमा स्वागत सहित सदस्यता प्रदान गरेका छन् । उनले सदस्यता दिदै अव काँग्रेसलाई बलियो बनाउन संगठन सुदृढिकरणमा लाग्न सुझाव दिए । त्यस्तै पाटी सहसचिव दमनबहादुर शाहीले अव नेकपाबाट नागरिक आजित भइसकेको र नागरिकको रोजाई काँग्रेस भएकाले काँग्रेसले गाउँ अभियान संचालन गर्नु पर्ने बताए । उनले भने नयाँ आउने प्रवेशीलाई पाटीले उचित जिम्मेवारी सहित पाटीको हितका लागि खटाउने छ ।
पाटी प्रवेश कार्यक्रममा संगठन विभाग प्रमुख नन्दबहादुर शाही, काँग्रेस नेता भानुभक्त संज्याल, खडकजंग शाही, महिला नेतृ भगवती देवकोटा लगायतको उपस्थिति रहेको कार्यालय सचिव हरीश बोगटीले जानकारी दिए ।

error: Content is protected !!