१५ चैत्र २०८०, बिहीबार

मास्क नलगाउनलाई कारवाहि गर्न गृहको निर्देशन


काठमाडौं । गृह मन्त्रालयले मास्क नलागउने विरुद्ध कडा रुपमा प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई एक पत्र जारी गर्दै मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयका सुचना अधिकार उमाकान्त अधिकारीले लापरबाही बढेकाले जोखिम बढ्न सक्ने कुरालाई ध्यानमा राख्दै परिपत्र जारी गरिएको बताए । उनले कारबाहीका विवरण दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने बताए ।