१३ बैशाख २०८१, बिहीबार

दैलेखका २५ सहित थप २८ जनामा कोरोना


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोशाला सुर्खेत, र दैलेख अस्पतालमा गरिएको परिक्षणमा २८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

संक्रमित मध्ये दैलेखका मात्रै २५ जना रहेका छन् भने सुर्खेतका तीन जना रहेका छन् । २५ जना मध्ये २४ जना नारायण नगरपालिकाका र एक जना दुल्लु नगरपालिकाका रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १ हजार ८ सय ७९ पुगेको छ ।

पाँच जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । जसमा दैलेख अस्पताल आइसोलेसन सेन्टरबाट तीन जना, प्रदेश अस्पताल सुर्खेत र लेकवेशी आइसोलेसन सेन्टर सुर्खेतबाट एक, एक जना गरी पाँच जना डिस्चार्ज भएका हुन ।

यो संगै कुल डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ४४ पुगेको छ । कुल संक्रमित मध्ये छ जनाको मृत्यु भएको छ भने हाल दुई सय २९ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।