कोरोना सङ्क्रमितलाई कुहिएको चामल

 

कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले कोरोना सङ्क्रमितलाई कुहिएको चालम दिने गरेको पाईएको छ । भारतवाट आएर क्वारेन्टाईनमा वस्दै आएका ६ जनाको पिसिआर परीक्षण गर्दा कोरोना भएको पुष्टी भएपछि नगरपालिकाले वनाएको आईसोलेशनमा राखिएको थियो । कोरोना पुष्टी भएका नागरिकलाई पोषिलो खाना चाहिने स्वास्थ्यका जानकारले भनेपनि रास्कोट नगरपालिकाले भने कुहिएको चामल र प्रयोग मिति सकिएका फुट्ी दिने गरेको पाईएको छ ।
सधै भात तितो हुने आफुले कोरोनाले गर्दा मुख तितो हुन्छ होला सोच्यौँ तर मुख भन्दा पनि खाना तितो रहेछ शनिवार साँझ चामलका वोरा खोलेर हेर्दा मात्र थाह भएको सङ्क्रमितले वताएका छन । त्यो चालम फिर्ता गरेर अरु चामल दिन माग गरे । फेरी आज बिहान ल्याएको वोराको चामल हेर्दा पनि कुहिएको पाईएपछि हामी वाहिर जानकारी दिन वाध्य भएकाछौ आईसोलेशनमा रहेका सङ्क्रमितले गुनासो गरेका छन् । रास्कोटका ६ जना कोरोना सङ्क्रमित अहिले खाना आफै पकाएर खान थालेका छन् ।
आफुलाई कुनै पनि सुझाव सल्लाह पनि नदिने र खाना समेत आफै पकाएर खान भनेपछि चामल देखि जुस गुणस्तर हिन भएको पत्ता लागेको उनिहरुको भनाई छ । अहिले रास्कोटको क्वारेन्टाईनमा तीन जना वालक सहित छ जना सङ्क्रमित र अन्य छ जना गरि १२ जना वस्दै आएका छन । बिहिवार मात्र पिसिआर परीक्षणको रिर्पोट आउदा त्यतीमा छ जनामा कोरोना पुष्टी भएको थियो ।
यस भन्दा अगाडी वन्दावन्दीका वेला पनि रास्कोट नगरपालिकाले गरिव तथा बिपन्न परिवारलाई वितरण गरेको चामल पनि कुहिएको भेटिएको थियो । रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र वरालले नेपाल खाद्यय संस्थानवाट किनेको चामल भएकाले पाँच वोरा कुहिएको पर्नु स्वभाविक भएको भन्दै बिज्ञाप्ती मार्फत वताउनु भएको थियो । यस बिषयमा नगरप्रमुख वराललाई पटक पटक फोन सम्पर्क गर्दा पनि फोन रिसिभ गर्नु भएन ।


नगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद आचार्यले पनि फोन रिसिभ गर्नु भएन । नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत हिसाव मिलानका लागि सुर्खेत जानु भएको लेखा शाखाले जनाएको छ । नगर उपप्रमुख मिम्सरा बम शाहीले आफुलाई जानकारी नभएको भन्दै के रहेछ तत्काल वुझ्ने वताईन । आफुले पनि सञ्चारमाध्यम मार्फत जानकारी पाउने भएकाले अव के रहेछ वुझेर अरु चामलको ब्यवस्थापन गर्ने उप प्रमुखको भनाई छ ।
यस भन्दा अगाडीको कुहिएको चामलका वारेमा छानविन समिति समेत वनेको थियो । तर त्यो छानविन समितिले के प्रतिवेदन वुझायो त्यसका वारेमा जानकारी कसैलाई पनि छैन । जानकारी दिने निकाय नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले कसैका पनि फोन रिसिभ नगर्ने गरेकाले नगरका धेरै सुचना पाउनवाट वन्चित हुने गरेको स्वयम कार्यपालिकाका भित्रका सदस्यले पनि गुनासो गर्ने गरेका छन ।

error: Content is protected !!