बालबिबाह गराउने देवर भाउजु पक्राउ

कालिकोटः जिल्ला प्रहरी कार्यालय कालिकोटले बालबिबाह मुद्धामा देवर भाउजुलाई पक्राउ गरेको छ । जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ६ का २० बर्षिया दिनेश विक र उनकी भाउजु ३० बर्षिया तारा विकलाई प्रहरीले बालबिबाहको मुद्धामा पक्राउ गरेको हो ।
नरहरीनाथ गाँउपालिका वडा नं. ६ का २० बर्षिया दिनेश विकले उनकी भाउजु तारा विकको सहयोगमा खाँडाचक्र नगरपालिका वडा नं. २ की १२ बर्षिया बालिकालाई चोरी बिबाह गरेको आरोपमा प्रहरीले देवर भाउजुलाई नै पक्राउ गरेको हो । खाँडाचक्र नगरपालिका वडा नं. २ को गाई चराउने वनबाट गाई चराउन गोठालो गएकी १२ बर्षिया बालिकालाई दिनेशकी भाउजु ताराले ललाईफकाई गरी भगाएर लिएर बिबाह गरेको जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए । उनले यही साउन ८ गते खाँडाचक्र नगरपालिकाबाट भगाईएकी किशोरी १० गते प्रहरीले जानकारी पाएपछि ११ गते पक्राउ गरी मुद्धा दर्ता भएको बताए । उनका अनुसार किशोरीलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
उनले भने, ‘बिबाह गर्ने दिनेश र १२ बर्षिया किशोरीको घरमा कसैलाई थाहा छैन् । दिनेश र उनकी भाउजु ताराको योजनामा बालबिबाह भएको रहेछ । किसोरीका बुवाले प्रहरीकहाँ जाहेरी दिएपछि प्रहरीले नरहरीनाथ गाँउपालिका वडा नं. ६ माल्कोट पुगेर बिबाह गर्ने दिनेश र बिबाह गराउने उनकी भाउजु तारालाई पक्राउ गरि सदरमुकाम ल्याएको छ ।’ उनका अनुसार बालबिबाह मुद्धामा पक्राउ गरिएका देवर भाउजुलाई जिल्ला अदालत कालिकोटबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाव्यापी सामाजिक बिकृति बिरुद्धको अभियान संचालन गरिरहेको छ । जिल्ला प्रहरी प्रमूख डिएसपी ओलीयाले भने, ‘हामीले बालबिबाह, बहुबिबाह, लागु औषध दुव्र्यशन, अन्तरगत बालबिबाह न्यूनिकरण, छाउपडी प्रथा, जातिय बिभेद जस्ता सामाजिक बिकृतिहरुका बिरुद्धमा गाँउ गाँउमा प्रहरी परिचालन गरेका छौँ । पहिलो चरण नागरिकहरुलाई यस सम्बन्धि सचेतना जोगाई यस्ता बिकृतिहरु भएमा प्रहरीलाई सूचना दिन आग्रह गरेका छौँ । अब कारबाहीमा थप कडाईका साथ लाग्छौँ ।’ जिल्ला प्रहरी कार्यालयमा हालसम्म २ वटा बालबिबाहका मुद्धा दर्ता भएका छन् । बालबिबाहमा आब २०७३∕२०७४ मा पहिलो मुद्धा दर्ता भएको थियो । आईतबार दर्ता भएको माल्कोटको मुद्धा दोस्रो हो । यि दुई घटना बाहेक अरु कुनै घटना भएको रेकड जिल्ला प्रहरी कार्यालयमा छैन् । मुलुकी संहितामा भएको व्यवस्था अनुसार बालबिबाह गर्ने गराउनेलाई ३ बर्षसम्म कैद र ३० हजारसम्म जरीवाना हुने कानुनी व्यवस्था छ ।

error: Content is protected !!