८ बैशाख २०८१, शनिबार

‘डिल स्मृति पत्रकारिता पुरस्कार’ स्थापनार्थ अक्षय कोष स्थापना गरिने


सुर्खेत । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका संस्थापक सचिव स्वर्गिय डिल प्रसाद शर्माको नाममा अक्षय कोष स्थापना गरिने भएको छ । संस्थाका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा मंगलबार भएको संस्थाको पहिलो साधारण सभाले ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ वितरण गर्न दुइ लाख रुपैंयाको अक्षय कोष स्थापना गर्ने निर्णय हो ।

‘२०७६ साल कार्तिक २८ गते बोनम्यारो रोगबाट मृत्युवरण गर्न पुगेका संस्थापक सचिव शर्माको सम्झनामा संसदीय विटमा पत्रकारिता गर्ने दुइ जनालाई पुरस्कार वितरण गरिने संस्थाकी सचिव सिता कुमारी वलीले जानकारी दिईन ।

अक्षय कोष स्थापनाका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्न, अक्षय कोष स्थापना गर्न, संचालन गर्न र व्यवस्थापन गर्न उपाध्यक्ष देव बहादुर रानाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

साधारण सभाले अपूर्ण समितिलाई पूर्णता समेत दिएको छ । जसको अध्यक्षमा शेरबहादुर थापालाई निरन्तरता दिइएको छ भने उपाध्यक्षमा देवबहादुर राना, सचिवमा सिता कुमारी वली, सहसचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा यज्ञ खत्री, सदस्यहरुमा यसकुमार चपाई, सिता आचार्य, बसन्त भण्डारी र रमा केसी निर्विरोध चयन भएका छन् ।

नवनिर्वाचित समितिलाई कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले बधाई दिएका छन् । ‘कर्णालीको इतिहासमा संसदीय व्यवस्था नितान्त नौलो हो ।’ उनले भने, ‘यो व्यवस्थालाई बलियो बनाउन र जनताको सर्वाेच्चता कायम गराउन यो समाज सफल हुने विश्वास व्यक्त गर्दछु ।’