८ बैशाख २०८१, शनिबार

योजना सम्पन्न नभएकै बाढीले बगायो


कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–४ मा निमार्णधिन माछा पोखरी बाढीले बगाएको छ ।
अविरल वर्षासंगै आएको बाढीले सान्नित्रिवेणी–४ बथेसिल्लामा निमाणाधिन माछा पोखरी बाढीले बगाएको हो । कर्णाली प्रदेश सरकारको १ करोडको लगानीमा सुनौलो कृषि सहकारी संस्थाले माछा पोखरी निमार्णको काम थालेको थियो । १ करोडको लगानीमा निमार्ण थालिएको पोखरीका लागि ३१ लाख रुपैया भुक्तानी भइसकेको भएपनि सान्निगाडमा आएको बाढीले सोही माछा पोखरी बगाएको सान्नित्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष अनिपाल धामी (हिमाल) ले जानकारी दिए ।
उनका अनुसार मंगलबार र बुधबार आएको बाढीले पोखरी बगाएको हो । १ करोडमा निमार्ण थालिएको पोखरी पूण नहुर्दै बाढीले बगाएको छ ।