कर्णालीमा थप २२ जनामा कोरोना

सुर्खेत । बिहिवार कर्णालीमा थप २२ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग प्रयोगशालामा गरिएको परिक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

कोरोना पुष्टी हुने हरुमा सुर्खेतका सात जना, दैलेखका १० जना, सल्यानका तीन जना, मगु र जाजरकोटका एक–एक जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो सँगै कर्णालीका कोरोना भाईरस संक्रमण पुष्टी हुनेहरुको संख्या एक हजार नौँ सय ३७ पुगेको छ ।

यसका साथै बिहिवार कर्णालीमा १५ जना उपचार पछि निको भई घर फर्किएका छन् । कर्णालीमा हालसम्म कोरोना भाईरसबाट निको हुनेहरुको संख्या एक हजार ६ सय ९७ जना पुगेको छ९७ जना पुगेको छ ।

error: Content is protected !!