१६ चैत्र २०८०, शुक्रबार

रोजगारी खोसिएका नागरिकलाई रोजगारी दिनु पहिलो प्राथमिकता – मन्त्री बुढा


सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री नन्दसिंह बुढाले कोरोनाका कारण रोजगार खोसिएका नागरिकलाई रोजगारी दिनु सरकारकाे पहिलो प्रथामिकता भएको बताएका छन् ।

कोरोना माहामारीको समयमा विदेशबाट स्वदेश फर्किएका प्रदेशका १५ देखि २० हजार नागरिकलाई रोजगार दिने काम सरकारको पहिलो प्राथमितामा रहेको उनको भनाई छ ।

हुम्लाको सिमकोट गाउँपालिका ७ डाँडाफयाको ओख्रेनामा शुरु हुन लागेको गेट वे कैलास होम स्टेको उद्घाटन गर्न सिमकोट पुगेका मन्त्री बुढाले यस्तो बताएका हुन् ।
मन्त्री परिषद्को बैठकले रोजगार खोसिएका नागरिकलाई रोजगार दिने काम यो आर्थिक वर्षमा पहिलो प्राथमिकतामा भएको उनको भनाई छ ।

प्रदेशका सबै नागरिकलाई रोजगारी सृजना गर्ने गरी प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममा चार अर्ब रकम विनियोजन गरेको समेत बताए । साथै उनले प्रदेशका अन्य मन्त्रालयमा भएका कार्यक्रममा समेत बेरोजगारलाई रोजगारी दिनेतर्फ अग्रसर रहने नीति लिएको बताए ।