८ बैशाख २०८१, शनिबार

पहिरोमा परि कालिकोटमा थप दुई जनाको मृत्यु


सुर्खेत । कालिकोटमा पहिरोमा परि थप २ जनाको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका र पलाँता गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो ।

पलाँता गाउँपालिका–८ दाम्रीमा कुलो मर्मत गर्ने क्रममा माथीबाट आएको पहिरोमा परी २४ वर्षिया कमल रोकायको मृत्यु भएको छ । भने रास्कोट नगरपालिका–१ चडिपानीकी ६० वर्षिया घण्टी भण्डारी घाँस काट्न जंगल गएको बेला माथिबाट आएको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

पलाँताको पहिरोमा परि ६० वर्षिया पुन्न रोकाय र २६ वर्षिया नैन रोकाय घाईते भएका छन् । उनीहरुको स्वास्थ्य ईकाई कार्यालय वेसनकोटमा उपचार भई रहेको प्रमुख ओलियाको भनाई छ ।