बाढी र पहिरो पीडितसँगै कर्णालीका मुख्यमन्त्री शाही

कालीकोटः  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बाढी पहिरोबाट ज्यान गुमाएका परिवारहरुलाई भेट्न कालिकोट आएका छन् ।
उनले जिल्लाका नरहरीनाथ गाँउपालिका, सान्नीत्रिवेणी गाँउपालिका र रास्कोट नगरपालिकाका बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारहरुसँग भेटघाटका साथै खोज तथा उद्धारको अवस्था बुझ्न मुख्यमन्त्री शाही कालिकोट आएका हुन् । उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएर कालिकोटमा बढ्दै गएको बाढी र पहिरोको जोखिमको अवस्था र यसबाट नागरिकलाई सुरक्षित राख्न गृह प्रशासनलाई निर्देशन दिनुका साथै गाँउ गाँउमा पुगेर बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारहरुसँग पनि भेटघाट गरेका छन् ।
उनले नरहरीनाथ गाँउपालिकामा पुगेर त्यहाँका ९ जना मृतक र १ जना वेपत्ताका परिवारहरुलाई भेटेर बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारको बिपद् बिमाबाट र संघिय सरकारबाट २∕२ लाखका दरले प्रति परिवार ४ लाख राहत दिने, वेपत्ताको खोजी कार्य प्रभावकारी बनाउने आश्वासन दिएका छन् । जिल्लामा बाढी र पहिरोमा परी गत सोमबार यता १९ जनामो मृत्यु भईसकेको छ भने ६ जना अझै बेपत्ता छन् ।


नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले वेपत्ताको खोजी कार्य जारी रहेको जनाएको छ । जिल्लाको नरहरीनाथ गाँउपालिकामा ९ जनाको मृत्यू, एक जना वेपत्ता, सान्नीत्रिवेणी गाँउपालिकामा २ जनाको मृत्यू, रास्कोट नगरपालिकामा २ जनाको मृत्यू पाँच जना वेपत्ता, पलाँता गाँउपालिकामा १ जनाको मृत्यू, महाँवै गाँउपालिकामा २ जनाको मृत्यू र खाँडाचक्र नगरपालिकामा एक जना वेपत्ता छन् । कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्दप्रसाद गैरेले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा दुई साता आगडीदेखी अबरुद्ध बिद्युत सेवा सूचारु गर्नका लागि तयारी गर्ने, जिल्लामा बाढी र पहिरो प्रभावीत बस्तिहरुलाई कसरी सुरक्षित बनाउने, विपद्को समयमा नागरिकको जिउ धनको सुरक्षाका बिषयमा छलफल भएको बताए ।
उनले जिल्लामा बिद्युत सेवाका लागि पोत्मारा साना जलबिद्युत आयोजना तत्काल संचालन गर्न नसकिने भएकाले जेनेरेटर मार्फत बिद्युत सेवा संचालन गर्ने बिषयमा पनि छलफल भएको छ । बाढी पहिरोमा वेपत्ता भएका नागरिकहरुको खोजी कार्यलाई पनि सबैको सहयोगमा प्रभावकारी बनाउने उनले बताए ।

error: Content is protected !!