सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको हुरेन्डेक नेपाल २४ औँ वर्षमा प्रवेश

 

कालीकोटः  लामो समयदेखि समाजिक क्षेत्रमा काम गदै आइरहेको मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट २३ वर्ष पुरा गरि २४ औँ वर्षमा प्रवेश गरेको छ । आफनो स्थापना कालको अवसरमा कार्यालयको सभाहलमा गरिएको एक कार्यक्रममा वार्षिक उत्सव मनाइएको छ ।
हुरेन्डेक नेपालका कोषाध्यक्ष दिपिल कुमार शाहिको सभाअध्यक्षतामा भएको वार्षिक उत्सव समारोहमा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तथा किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे, लगायत पत्रकार कर्मचारी संचालक समितिका सदस्यहरुको सहभागिता रहेको थियो । वार्षिक उत्सवमा हुरेन्डेक नेपालले २३ वर्ष सम्म कालिकोट जिल्लाका विभिन्न क्षेत्रमा कामगदै आएर अहिले बालवालिका, युवा, वातावरणीय क्षेत्र, महिला र जनताका जनजिविकाको क्षेत्रमा काम गदै आइरहेको जानकारी गराइएको थियो ।
कार्याक्रममा हुरेन्डेक नेपालले अहिले पनि विभिन्न परिस्थिति, र काल खण्डमा होस वा विपदको समयमा राहत प्रदान गदै आइरहेको सहभागिले बताएका थिए । कार्यक्रममा, तुलाराम पाण्डे, कालि बहादुर मल्ल ,पत्रकार भरतराज विस्ट, नमराज योगि, पे्रमराज सिम्खाडा, पुष्पराज भट्टराई विश्वनाथ सिम्खाडाले संस्था २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिएका थिए । लामो समयदेखि हरेन्डेक नेपालले समाजिक क्षेत्रका गरेको कामको प्रशंसा समेत गरेका थिए ।
हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाहीले नेपालमा द्धन्द्धको वेला पनि सामाजिक क्षेत्रमा गरेको सेवा प्रति सम्मान गदै, अझै थप प्रगतिको कामना समेत गरेका थिए ।

error: Content is protected !!