रुकुम पश्चिमका तीन स्थानीय तहले उठाए लक्ष्य अनुसार राजश्व

रुकुम पश्चिम । स्थानीय तह स्थापना भएको शुरूका वर्षदेखि नै लक्ष्य अनुसारको राजश्व सङ्कलन गरिरहेको आठबीसकोट नगरपालिकाले बितेको आर्थिक वर्षमा पनि लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । नगरपालिकाले बितेको वर्ष तीन करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा तीन करोड ६८ लाख ४९ हजार ५६८ राजश्व सङ्कलन गरेको छ ।

शुरूका वर्षदेखि नै राजश्व सङ्कलनलाई कडाइका साथ लिएको आठबिसकोटले बर्सेनी राजश्वको लक्ष्य बढाउँदै लगेको र हरेक वर्ष लक्ष्य पूरा भइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । कुनै सेवा लिएपछि अनिवार्य राज्यलाई राजश्व तिर्नुपर्छ भन्ने चेतना विकास गर्नाका साथै राजश्वको दरभन्दा दायरालाई फराकिलो पारिएको उनको भनाइ छ ।

५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको त्रिवेणी गाउँपालिकाले ६३ लाख राजश्व उठाएको छ । झण्डै ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको जिल्लाको त्रिवेणी गाउँपालिकाले ६३ लाख ८५ हजार ८ सय ३४ राजश्व उठाएको छ । लक्ष्य भन्दा २७.७१ प्रतिशत बढी राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए ।

आठबीसकोट र त्रिवेणीले गत वर्षकै जति आन्तरिक राजश्व अनुमान गरेका छन् । बाँफिकोट गाउँपालिकाले पनि लक्ष्य भन्दा बढी राजश्व उठाएको छ । वार्षिक आन्तरिक राजश्व अनुमान २० रहेकामा लक्ष्य भन्दा ७४.८ प्रतिशत बढी अर्थात् ३४ लाख ९६ हजार राजश्व सङ्कलन गरेको छ । गाउँपालिकाले यो वर्ष बढाएर ३५ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए ।

गत वर्ष राजश्वको लक्ष्य पूरा गर्न नसक्ने स्थानीय तहमा मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका रहेका छन् । जिल्लामै सबैभन्दा बढी चार करोड राजश्वको लक्ष्य लिएको चौरजहारी नगरपालिकामा लक्ष्यको आधाभन्दा पनि कम एक करोड ८० लाखमात्र राजश्व उठेको छ ।

नगरपालिकाको आन्तरिक स्रोतभन्दा बढी राजश्व प्रक्षेपण गरिएका कारण त्यो अनुसार राजश्व सङ्कलन हुन नसकेको नगरपालिकाले जनाएको छ । यो वर्ष भने घटाएर राजश्वको लक्ष्य दुई करोड पु¥याइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । गत आर्थिक वर्ष २०७६÷७७ मा रुकुम पश्चिमका आधामात्र स्थानीय तहले राजश्वको लक्ष्य पूरा गरेका छन् । जिल्लामा जम्मा ६ वटा स्थानीय तह रहेकामा तीनवटा स्थानीय तहमात्र राजश्वको लक्ष्य पूरा गर्न सफल भएका हुन् ।

रुकुम पश्चिम कोरोना मुक्त
रुकुम पश्चिम कोरोना मुक्त र रुकुम पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या शुन्यमा झरेको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका २ जना संक्रमित शुक्रबार डिस्चार्ज भएसँगै सबै कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । चौरजहारी मिसन अस्पतालको आइसोलेसनबाट ६ जना संक्रमित डिस्चार्ज भएका थिए ।

रुकुम पश्चिममा संक्रमित पुष्टि भएका २७ जनाले नै संक्रमण जितेर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिए । उनका अनुसार जिल्लाका ६ मध्ये ५ स्थानीय तहमा संक्रमण देखिएको थियो । चौरजहारी नगरपालिकाका २०, बाँफिकोट गाउँपालिकाका ३, सानीभेरी गाउँपालिकाका २, मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म आठबीसकोट नगरपालिकाका कसैलाई पनि कोरोना संक्रमण भएको छैन ।

२० जनाको उपचार चौरजहारी असपतालमा निर्माण गरिएको आइसोलेसनमा गरिएको थियो भने ७ जनाको उपचार जिल्ला अस्पतालको आइसोलेसनमा भएको थियो । आठबीसकोट नगरपालिकाले पनि नगर अस्पतालसँगै आइसोलेसन वार्ड बनाएको छ ।

जिल्लाका ३ हजार ८ सय ५० जनाको पिसिआर विधी मार्फत कोरोना भए नभएको परीक्षण गरिएको थियो । चौरजहारी नगरपालिकाले कोरोना परीक्षणका लागि पिसिआर मेशिन नै खरिद गरेर सञ्चालनमा ल्याएपछि जिल्लामा कोरोना परीक्षण सजिलो भएको छ । हाल दैनिक ९० जनाको कोरोना परीक्षण जिल्लामै भइरहेको छ ।

error: Content is protected !!