थप ७ जनाले कोरोना जिते

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप सात जनाले कोरोना जितेका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतबाट चार जना, दैलेख अस्पताल आइसोलेसन सेन्टरबाट दुई जना र छत्रेश्वरी आइसोलेसन सेन्टर सल्यानबाट एक जना गरी सात जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका हुन । यो संगै कुल डिस्चार्ज हुनेको संख्या एक हजार सात सय २२ जना पुगेका छन् ।

थप एक जनामा कोरोना
पछिल्लो २४ घण्टामा कर्णालीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले दिएको जानकारी अनुसार प्रदेशभर तीन सय ५७ जनाको कोरोना परिक्षण गरिएकोमा एक जनामा मात्रै कोरोना देखिएको हो । यो संगै कुल संक्रमितको संख्या एक हजार नौ सय ३९ पुगेको छ ।

नयाँ संक्रमित हुनेहरुमा प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सल्यान बस्ने पाल्पाका २५ बर्षीया पुरुषमा कोरोना देखिएको हो ।

कर्णालीका कुल संक्रमित मध्ये हाल सम्म छ जनाको मृत्यु भएको दुई सय ११ जना सक्रिय बिरामीको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल सम्म प्रदेशभर ४१ हजार ७० जनाको पिसिआर प्रविधिबाट परिक्षण गरिएको जानकारी दिएको छ ।

error: Content is protected !!