महिलालाई रक्षावन्धन बनाउने तालिम

सुर्खेत । सुर्खेत महिला जेसीज (वर्ष २०२०)ले जनैपुर्णिमालाई लक्षित गर्दै रक्षावन्धन (राखी) बनाउने एक दिने तालिम दिएको छ । सुर्खेत महिला जेसीजको नारा ‘महिला शक्ति, राष्ट्रको विकास’लाई सार्थक पार्न एवं महिलाहरुलाई आत्म निर्भर बनाउनकालागि राखी बनाउने तालिमको आयोजना गरिएको वर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले बताइन् ।

तालिमका प्रशिक्षक रश्मी शाक्य केसीले आफूमा भएको सिपलाई अन्य महिलाहरुलाई सिकाउन पाउँदा निकै खुसी लागेको बताइन् ।
१० जना महिलाहरु सहभागिता रहेका कार्यक्रमका महिला जेसिजकी वर्ष २०१९ अध्यक्ष सिया कार्की प्रधान वर्ष २०२० की महासचिव मनिषा कौशललगायतको उपस्थिती रहेको थियो ।

error: Content is protected !!