८ बैशाख २०८१, शनिबार

काँक्रेविहार र कट्कुवामा वृक्षारोपण


सुर्खेत । शनिबार वीरेन्द्रनगरका विभिन्न ठाउँमा वृक्षारोपण गरिएको छ । वीरेन्द्रनगरको कटकुवा र काँक्रेविहार संरक्षित वनमा बृक्षारोपण गरिएको हो ।

काँक्रेविहार संरक्षण समूहको आयोजनामा काँक्रेविहार वन क्षेत्रको खाली ठाँउमा करिब ५ सय जातका विभिन्न विरुवा लगाइएको संरक्षण समितिका अध्यक्ष तारा राष्कोटीले जानकारी दिए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारको वरिपरि पर्खाल लगाउने काम शुरु गर्ने बताए ।

काँक्रेविहारमा रहेका वन्यजन्तुहरुलाई पर्खाल लगाइएपछि सुरक्षित हुने र चरिचरणकालागि पनि राम्रो हुने भन्दै उनले सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई खाली क्षेत्रमा बृक्षारोपण गर्न आग्रह गरे ।

यता असिम अटो पार्ट्सको सहयोगमा वीरेन्द्रनगरको कट्कुवामा बृक्षारोपण गरेको छ । कट्कुवाको विपश्यना ध्यान केन्द्र (सावीकको कट्कुवा तपोभूमी) नजिकै रहेको वनमा बृक्षारोपण गरिएको हो ।

करिब ५० जनाको समूहले करिब दुई सय २० जात विरुवाहरु बृक्षारोपण गरेको आयोजनकले जनकारी दिएको छ । कार्यक्रममा सामाजिक सञ्जाल फेसबुकको समूहहरु मोटे ग्याङ्ग नेपाल, तनाव छ जिन्दगी र कैंची ग्याङ्गको सहभागिता रहेको थियो ।